३० जेठ,काठमाडौं ।
सु्स्त भएको भन्दै आलोचना खेप्दै आएको शुशील कोइराला नेतृत्वको सरकारले गठन भएको ४ महिनापछि महत्वपूर्ण राजनीतिक नियुक्ती गरेको छ । विहीबार अवेर बसेको मन्त्रीपरिषद बैठकले कास्कीका बाबुराम आचार्यलाई प्रधानमन्त्री कोइरालाको प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको छ । आचार्य नेपाल सरकारका निवृत्त सचिव सचिव हुन् । आचार्यलाई अघिल्लो सरकारमा कांग्रेसले अख्तियारको सदस्यमा प्रस्ताव गरेको थियो ।
त्यसैगरी मन्त्रीपरिषदले पत्रकार रमेश तुफानलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको छ भने पत्रकार कुलचन्द्र वाग्ले राष्ट्रिय समाचार समितिको अध्यक्षमा नियुक्त भएका छन् । सार्वजनिक खरिद पुनरावलोकन अनुगमन समितिको कार्यालय प्रमुख अशोकनाथ उपेतीको कार्यकाल दुई वर्ष थप गर्ने निर्णय गरेको बैठकले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा श्रीधर पोखरेललाई नियुक्त गरेको छ । पोखरेलको नाम नेकपा एमाले मकवानपुरले दुई महिना अघि नै सिफारिस गरेको थियो । यस्तै, उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा बिमल कार्की अध्यक्ष नियुक्त भएका छन् । सरकारले नेपाल औद्योगिक विकास निगमको अध्यक्षमा दयालबहादुर शाहीलाई नियुक्त गरेको छ ।
घरेलु तथा साना उद्योगमा जगन्नाथ नेपाल नियुक्त भएका छन् भने राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा टेन्डी शेर्पा, सुरेन्द्र हमाल र सकुन्तला नगरकोटी नियुक्त भएका छन् ।
त्यसैगरी प्रनीता उपाध्याय राष्ट्रिय सूचना प्रवधी केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएकी छिन् ।
सरकारले हाल बयोधा अस्पतालमा रहेकी एमाले नेत्री सहाना प्रधानको उपचार खर्च बेहोर्ने औपचारिक निर्णय गर्दै प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकामा उपचारका लागि हुने भ्रमण खर्च पनि स्वीकृत गरेको छ ।
via nepaliheadlines भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
सुस्त भनिएको कोइराला सरकारले गर्यो महत्वपूर्ण राजनीतिक नियुक्ती
Powered by Blogger.
0 comments
Write Down Your Responses