बाघले चार बालकको ज्यान लियो, बाघ मार्न प्रहरी परिचालन..
अर्घाखाँचीमा बाघ आक्रमण र आतंक बढ्दै गएपछि बाघ मार्नका लागि प्रहरी परिचालन गरिएको छ। पछिल्लो सयममा मात्रै बाघको आक्रमणबाट यहाँ चारजना बालकको मृत्यु भएको छ। व्यापक जनगुनासो आएपछि बाघ मार्नका लागि प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र जिसीले बताए।
नुवाकोटमा २, किमडाडामा १ र सन्धिखर्कमा १ गरी ४ जना बालकको ज्यान गएपछि सन्धिखर्क,किमडाडा, नुवाकोट अर्घा, ढिकुरालगायतका बासिन्दाले बाघ धपाउन तथा मार्न प्रहरीको सहयोग माग्दै प्रहरीकहाँ उजुरी दिएका थिए। बालबालिकालाई बाघले आक्रमण गरेर खान थालेपछि सन्धिखर्क आसपासका स्थानीय बासिन्दा आतंकित भएका छन्।
सन्धिखर्क नगरपालिकाले पत्र लेखेर बालबच्चा खाने बाघको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यलयलाइ पत्र पठाए पछि प्रशासनले बनमा पत्र पठाएको थियो। बाघ मार्नका लागि हतियारसहित प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए।
गएको जेठ २२ गते साझ सन्धिखर्क नगरपालिका वाड न २ कुर निवासी ७ वर्षीय बालक सुरेश आचार्यलाई आफ्नै घरबाट बाघले आक्रमण गरेर मारेपछि सन्धिखर्क आसपासका बासिन्दा बाघ मार्नै पर्ने मागमा उत्रिएका हुन्।
तीन दिनदेखि बाघ मार्न प्रहरी परिचालन भए पनि बाघ एकै स्थानमा नबस्ने , कहाँ बस्छ भन्ने कुरा समेत थाहा नहुँदा बाघ भेटाउन गारो भएको जिल्ला प्रहरी कार्यलयले बताएको छ। कोही कसैले बाघ देखेमा खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ।
बाघले खाने डरले अहिले बालबालिका स्कूल जानसमेत छोडेका छन्। गएको वैसाख ३ गते किमडाडा गाविस वाड न. १ मरासिनी टोला निवासी रामप्रसाद मरासिनी र शान्ता मरासिनीका छोरा २० महिनाको युवराज मरासिनीलाई घरैबाट आकमण गरी मारेको थियो।
त्यसभन्दा पहिले नुवाकोट गाविसको वाड न. ४ सुरसिंगमा दुर्गाबहादुर नेपालीको छोरा ३ वर्षीय नारायण नेपाली र पिताम्बर नेपालीका छोरा ६ वर्षीय नेपालीलाई बाघले खाएको थियो। छोराको आसमा बसेका यी जोडीको सारा सपना चक्नाचुर बनेका छन्।
उनीहरूले जस्ते अब अरुले छोराछोरी गुमाउन नपरोस् भनेर बाघ मार्न प्रशासनलाई आग्रह गरेको स्थानीयले बताए।
0 comments
Write Down Your Responses