प्रधानमन्त्रीले प्रचण्डलाई भने,‘अम्मली बनेर गल्ती गरे,तपाई नगर्नुस्’

काठमाडौं,जेठ३०– प्रधानमन्त्री सुशिल कोइरालाले चुरोट,सुर्तीको अम्मली बनेर आफुले ठुलो गल्ती गरेको बताएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डसँग शुक्रबार प्रधानमन्त्री निवास बालुबाटारमा भएको भेटभाटको क्रममा प्रधानमन्त्री कोइरालाले आफुले चुरोट,सुर्तीको अम्मली बनेर गल्ती गरेको भन्दै प्रचण्डलाई त्यस्तो गल्ती नगर्न सुझाब दिए । ‘जीवनमा लागेको एउटा बेसनको लतले आज ममा गम्भिर समस्या देखिएको छ,’ प्रधानमन्त्रीको स्वास्थ्यस्थितीका साथै पछिल्लो राजनीतिका विषयमा छलफल गर्न बालुवाटार पुगेका प्रचण्डलाई prachanda-sushilसुझाव दिँदै प्रधानमन्त्रीले भने,‘मैले त नजानेर गल्ती गरेँ, तपाई त्यस्तो नगर्नुस् । यो चुरोट सुर्तिको अम्मल त साह«ै खराव पो रहेछ ।’ शुक्रबार बिहान भएको भेटघाटमा प्रचण्डले उनको पछिल्लो स्वास्थ्यस्थितीको बारेमा जिज्ञासा राख्नुको साथै उनको केही दिनपछि हुन लागेको अमेरिकाको उपचारको बारे पनि जानकारी लिएका थिए । प्रचण्डले आफु पनि कुनै बेला अम्मली भएको बताउँदै अहिले अम्मलीपुर्ण रुपमा त्यागेको बताएका थ्एि । प्रचण्डका स्वकिय सचिव चुडामणी खड्काका अनुसार प्रचण्डले प्रधानमन्त्री कोइरालालाई छिट्टै उपचारका लागि अमेरिका जान आग्रह गर्दै उनको स्वास्थ्यलाभको कामना गरेका थिए । भेटमा देशको समसामयिक राजनीतिका बारेमा छलफल हुनुका साथै निर्धारित समयमै संविधान बनाउन लागिपर्ने भन्दै दुबैले संविधान निर्माण नै अहिलेको आवश्यकता भएको औल्याएका थिए । प्रधानमन्त्री र प्रचण्ड दुबैले सबै दलको सहमतिबिना संविधान बन्न नसक्ने भन्दै सहमतिमा जोड दिएका थिए । भेटमा प्रचण्डले आङसाङ सुकीको शुक्रबार हुन लागेको नेपाल भ्रमणकाबारेमा पनि जिज्ञासा राखेका थिए

,

0 comments

Write Down Your Responses

Powered by Blogger.