विद्यार्थीलाई पास गराएबापत साढे ४ करोड घुस

३० जेठ, काठमाडौं ।

चिकित्साशास्त्रका विभिन्न तहमा लिइने प्रवेश परीक्षामा पास गराइदिने प्रलोभन देखाउँदै त्रिभुवन विश्वविद्यालयका दुई प्राध्यापकले शिक्षा मन्त्रालयका एक कर्मचारीसँग मिलेर ४ करोड ७६ लाख रुपैयाँभन्दा बढी रकम उठाएर बाँढिचुँडी खाएको खबर आजको राजधानी दैनिकमा छापिएको छ।

मन्त्रालयका उपसचिव वेणीमाधव भट्टराईसँगको मिलेमतोमा त्रिवि केन्द्रीय क्याम्पसका एक र जनकपुरस्थित रामस्वरुप क्याम्पसका एक प्राध्यापकले चिकित्साशास्त्र पढ्ने विद्यार्थीलाई पास गराउने ठेक्का लिँदै चर्चो रकम असुलेको पुष्टि भएपछि बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले भट्टराईसहित त्रिवि केन्द्रीय क्याम्पस विज्ञान प्रविधि संकायका उपप्राध्यापक मनोज मिश्र र जनकपुरस्थित रामसागर रामस्वरुप क्याम्पसका विनोदकुमार मिश्रले विभिन्न समयमा एमबीबीएस, एमडी, एमबीए र इन्जिनियरिङसमेत पवेश परीक्षामा उर्त्तीर्ण गराउने भन्दै चर्को रकम असुल गरेको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार मन्त्रालयका उपसचिव भट्टराईले चार करोड ५० लाख र प्राध्यापक मिश्रद्वयले जनही चार करोड ७६ लाख ७२ हजार रुपैयाँ विद्यार्थीबाट असुलेको दाबी गरेको छ। असुल गरेको रकममध्ये रामसागर रामस्वरुप क्याम्पसका उपप्राध्यापक मिश्रले श्रीमतीदेखि ड्राइभरसम्मलाई रकम बाँडेको भेटिएको छ। भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

0 comments

Write Down Your Responses

Powered by Blogger.