आफ्नै विषयमा लज्जास्पद् सत्य उद्घाटन गर्ने विजय कुमारको आत्मकथा !

विजय कुमार नेपाली टेलिभिजन र आमपत्रकारिता जगतमा चिनाइरहनु पर्ने नाम होइन । खासगरी उनको दिशानिर्देश भनिने टिभी कार्यक्रमबाट उनलाई मन पराउने धेरै छन् । तिनै विजय कुमार पनि अव आत्मकथा लेख्ने पछिल्लो लहरमा थपिने भएका छन् ।
पूर्व सेना पति रुक्माङ्गत कटुवालको आत्मकथा 'झुटको पुलिन्दा' भन्दै विवादमा परिरहेको समयमा चर्चित पत्रकार विजय कुमारले पनि आत्मकथा बजारमा ल्याउन लागेका हुन् ।
विजय कुमारले शब्दहरु आफ्ना भएपनि पाठकले त्यसमा कतै न कतै आफुलाइ पाउने दावी गरेका छन् ।
vijay kumar panday
उनी फेसबुकमा लेख्छन्ः 
'म आत्मलाप शैलीमा लेख्न चाहन्थे । तर आफ्ना सबै कमजोरी लुकाएर लेखक कहलिन चाहन्नथे , न त तिनलाइ सार्वजनिक गर्ने आत्मबल म सित थियो । आफ्नो र परिवारको दालभात जोहो गर्ने क्रममा मेरा हातबाट हुन पुगेका सानातिना कामहरुलाइ सन्चार जगतमा ठुलै योगदान गरे भन्दै आत्मप्रशंसाको कागजी पुलिन्दा तैयार पार्ने आंट पनि मैले गर्न सकिन ।
जर्ज अर्वेलले भनेका छन 'कुनै पनि अटोबायोग्राफीलाइ त्यसबखत मात्र बिश्वास गर्न सकिन्छ जब त्यसभित्र लेखकले आफ्नै बिषयमा केहि लज्जास्पद (डिसग्रेसफुल) सत्य उदघाटित गरेको हुन्छ '
अर्वेल मेरा प्रिय लेखक हुन् । तर उनको यो चुनौति धेरथोर रुपमा भए पनि स्विकार्ने आंट गर्न मलाइ निकै समय लाग्यो ।'

अर्को स्टेटसमा विजयले आफ्नो पुस्तक अंश उद्धृत गर्दै लेख्छन्ः

'विजय म तिमी सित झुठो आदर्शको बखान गर्न चाहन्न । तिमीलाइ पनि थाह छ , मलाइ पनि थाह छ प्रकाशक र सम्पादक बिचको सम्बन्ध लभ - हेट रिलेशन हो । हामी प्रकाशकहरु हाइट भएको सम्पादक त खोज्छौ तर सधै मनमनै त्यसलाइ आफ्नो हाइट सित तुलना पनि गर्छौ । त्यहाँ नेर हाम्रो मनमा ईर्षा पनि जाग्छ । मेरो कम्पनीमा काम गरेर नाम कमाएको छ, देशबिदेश घुम्दै छ भन्ने मसिनो ईर्षा । '
'बिनोद, तिमी प्रकाशकहरुलाइ देख्दा हामी सम्पादकहरु पनि मनमनै भन्न सक्छौ -अस्ति सम्म एउटा कुनामा व्यापार गरेर बसेको थियो । आज हामीले चलाइ दिएको मिडियाको बलमा बालुबटार र शितल निवासलाइ पानी पधेरो बनाएको छ ।'
एक अर्काको कुरा सुनेर बिनोद ज्ञवाली र म बच्चा झै हास्यौ । सत्य आफ्नो नग्न स्वरुपमा बालख झै हुदो रहेछ ।
'तर सम्पादक र प्रकाशक बिच हेट मात्र छैन , लभ पनि छ नि विजय ! दुबै जनाको पेशागत ग्रोथ पनि त साथ साथै जोडिएको छ भन्ने पनि बिर्सनु भएन ।'

विजयकुमारले आफ्नो पुस्तकमा नेपालका सबैभन्दा शक्तिशाली सम्पादक कैलाश शिरोहिया र विनोद ज्ञवाली भएको उल्लेख गरेका छन् ।

उनी फेसबुक स्टेटसमै पुस्तक अंशकोरुपमा उल्लेख गर्छन्ः

'नेपालको सबैभन्दा शक्तिशाली सम्पादक को हो ?' सन २००२ मा एक कुटनितिज्ञले सोधी । 'कैलाश सिरोहिया र बिनोद ज्ञवाली' मैले क्षणभर नसोची उ्तर दिए ।
'मैले त यस्तो नाम गरेका सम्पादक कहिलै सुनेको छैन !' 'कसैले नसुन्दैमा वास्तविकता फरक हुन्छ र ?' 'कुन पत्रिकाका सम्पादक हुन यिनिहरु ?' 'यिनिहरु सम्पादक होइनन, प्रकाशक हुन ।' 'मैले त सबै भन्दा शक्तिशाली सम्पादकको नाम पो सोधेकी थिए ।' 'जुन नाम भनुंला भन्ने तपाइको अपेक्षा थियो , ती शक्तिशाली हुन तर सबै भन्दा शक्तिशाली होइनन ।'

आफुलाई सानै देखि विद्रोही स्वभावको भएको दावी गर्ने विजय कुमार अर्को स्टेटसमा लेख्छन्ः
'सानै देखि बिद्रोही स्वभावको थिए । चित्त नबुझे पन्डितजीको त कुरै छाडौ, भगवान स्यम अगाडी आए पनि सुन्न तैयार थिइन । म भगवानलाइ मान्थे तर उ सित डराउन्नथे । पुराणमा लेखिएको छ भन्दैमा सबै कुरा स्विकार्न मेरो मन मान्दैनथ्यो । 'तिमीलाइ भगवानको श्राप लाग्न सक्छ' पन्डितजी जिब्रो टोक्दै तर्साउथे ।
श्रापको डरलाग्दो संभावनाले पनि मलाइ भगवानसित त्रसित गराएन । किनभने म भगवानसित प्रेम गर्थे । ती पण्डितजीलाइ पुराणमा लेखिएको धेरै कुरा थाह थियो । तर एउटा कुरा थाह थिएन । जोसित प्रेम गरिन्छ, ऊसित डराउनु पर्दैन । प्रेम, श्रापको डर भन्दा पनि माथी छ । म भगवानसित त्रास होइन , प्रेम र समर्पणको जगमा समबन्ध गांस्न चाहन्थे । देवताहरु मध्ये श्रीकृष्ण मेरा प्रिय हुन् । हुन त उनी भगवान राम जस्तो 'परफेक्ट' छैनन् । मलाइ परफेक्ट कुराहरु बोरिङ लाग्छन । चाहे ती देवता नै किन नहोउन । बच्चा छदा अनेक बदमासी गर्ने, युवावस्थामा सोर हजार गोपीनी संग 'फ्लर्ट गर्ने , शान्तीको वकालत गर्ने तर परि आए महायुद्दका निम्ति पनि तैयार बस्ने । रणभुमीमा उभिदा उभिदै 'गीता' जस्तो महाग्रन्थ रच्न सक्ने श्री कृष्ण मलाइ बडा 'कलरफुल' लाग्छन । जीवनका जटिल रहस्यलाइ उनले कति सजिलै लिलाको रुपमा बुझाए !
त्यसैले त श्रीकृष्ण दुखमा सुखमा, हारमा जीतमा , मानमा अपमानमा - हरेक अवस्थामा आफ्नो रहस्यमयी मुस्कान छाडदैनन । उनलाइ थाउ छ , संसारमा जे देखिन्छ , क्षणभरको खेल बाहेक केहि होइन । खेललाइ खेल भनेर बुझियो भने ओठमा मुस्कान बाहेक के पो आउन सक्छ र ? उमेर बढदै जांदा जीवनका जटिलताहरु जसो जसो परिचित हुदै गए, मलाइ लाग्न थाल्यो - जीवन राम र रावण दुइ भागमा मात्र बिभाजित रहेनछ । सेतो र कालो बिच पनि धेरै रंग रहेछन । हामी मानिस अलिकति राम हौ, अलिकति रावण । कसैमा 'राम पक्ष' बढी होला , कसैको चरित्रमा रावण प्राधान्य होला ।
जब मैले जीवनलाइ कालो र सेतो , दैत्य र देव , गलत र सहि भन्ने अंकगणितिय विभाजन गर्न छाडे, श्रीकृ्ष्ण प्रति आकर्षण थपियो । भगवान रामलाइ त मैले दुर क्षितिजमा पढेको मात्र हो तर कृष्णका लिला त नित दिन कुनै न कुनै रुपमा भोग्दै छु । कृष्ण परिस्थिति अनुसार छल गर्न सक्छन, कुटिल बन्न सक्छन । साथै सरल र इमान्दार पनि हुन सक्छन । भगवान राम चाहि आफ्नो पुर्वनिर्धारित मर्यादा बाट कहिलै एक इन्ची तलमाथी हुदैनन । कस्तो अवस्थामा श्राीरामले के प्रतिक्रिया देखाउलान, अनुमान गर्न सोच्नै पर्दैन ।
रामको रंग हमेशा एकै जस्तो , कृष्णका रंग हजार !

अघिल्लो हप्ता बजारमा आएको रुक्माङ्गत कटवालको पुस्तकमा भएका तथ्य झुट भएको भन्दै चर्चा चलिरहेको छ भने अर्का पूर्वसेनापति छत्रमान गुरुङले पनि आफ्नो अनुभव संगालेर आत्मकथा लेख्दैछन् । पछिल्लो समयमा नेपालमा आत्मकथा लेख्ने लहर नै चलेको छ । विजय कुमारले यो लहरमा आफूलाई कसरी फरक स्थानमा उभ्याउन सफल हुन्छन् त्यो भने हेर्न बाँकि छ ।
nepaliheadlines.com

,

0 comments

Write Down Your Responses

Powered by Blogger.