'चिनियाँ सेना भारत पस्यो
चिनियाँ सेना भारतीय भूमिमा प्रवेस गरेर सीमा उल्लङ्घन गरेको आरोप भारतीय सञ्चार माध्यमले लगाएका छन् । पाकिस्तानले युद्ध विरामको उल्लङ्घन गरिरहेको समयमा चीनले पनि सीमामा हर्कत थालेको टिप्पणी भारतीय अधिकारीहरुको छ । चिनियाँ सेना सीमाक्षेत्र लद्दाखको बुत्सेमा २५ किलो मिटिर क्षेत्र भारतीय भूमिमा प्रवेश गरेर त्यही तैनाथ रहेको समाचारमा उल्लेख छ । सोही क्षेत्रमा भारतीय सेनाले पनि झण्डा गाडेपछि दुई पक्षबीच भिडन्तको अवस्था सृजना हुने खतरा बढेको बताइएको छ ।
0 comments
Write Down Your Responses