कटवालको आत्मकथा 'वाहियात' उसले मेरो रौं पनि हल्लाएको थिएन ! प्रचण्ड !

काठमाडौं, भाद्र ३ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मकथालाई 'वाहियात' भएको टिप्पणी गरेका छन् ।Prachanda

'उसको आत्मकथामा जे आयो,' दाहाल निवास लाजिम्पाटमा मंगलबार पत्रकारहरुसित उनले भने, 'त्यो वाहियात हो ।' तत्कालिन प्रधानसेनापति कटवालसँगको टकरावका कारण दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

दाहालले तत्कालिन अवस्थामा कटवालले आफूलाई कुनै अप्ठ्यारो नपारेको दाबी गरे । 'कटवालले त्यो बेला मेरो रौं पनि हल्लाएको होइन,' उनले भने, 'उसलाई बाहृय शक्तिले चलाएको थियो । त्यतिबेला अरुको इशारामा चलेको थियो ।'

दाहालले कटवाललाई अवसरवादीको संज्ञा दिए । 'ऊ अवसरवादी हो,' कटवालप्रति दाहालको आक्रोस थियो, 'राजतन्त्र छऊन्जेल बचाउन लाग्यो । गणतन्त्र आएपछि राजालाई छाड्यो । उनी गणतन्त्र आफैंले ल्याएजस्तो गर्दैछन् ।'

दाहालले माघ ८ गते संविधान जारी गर्न प्रमुख दलहरुबीच सहकार्यको आवश्यकता औंल्याए । 'मैले प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुसँग कुरा गरेको छु,' उनले भने, 'सहमतिसाथ सवै अगाडि बढ्नुको विकल्प छैन

,

0 comments

Write Down Your Responses

Powered by Blogger.