दुर्घटनामा एक महिलाको मृत्यु, दोहोरो झडपले सल्लाघारी क्षेत्र तनावग्रस्त

काठमाडौँ ,३ भाद्र । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीमा बनेपाबाट काठमाडाँैतर्फ जाँदै गरेको यात्रुबाहक बसले एक स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।IMG_3129-300x260
महानगरीय ट्राफिक प्रहरी परिसर अगाडि नै अत्यधिक तीव्रगतिमा आएको बा१ख ९२८१ नम्बरको बसले बा५७प ७७७९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार झापा घर भई कौशल्टार बस्ने वर्ष ३७ की विन्दु राईको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव क्षतविक्षत भएको छ भने दुर्घटना भएलगत्तै सल्लाघारी क्षेत्र तनावग्रस्त बनेको छ । बस चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयवासीले बस तोडफोड गरी बसमा आगो लगाइदिएका छन् ।
आगो लगाइदिएलगत्तै प्रहरीले लाठी प्रहार गरेर आक्रोशित समूहलाई तितरबितर पारेको थियो र बसमा लगाएको आगो नियन्त्रणमा लिएर बसलाई प्रहरी परिसर भक्तपुर लगेको थियो । लाठी प्रहारपछि प्रहरी र स्थानीय जनताबीच ढुङ्गा हानाहान भएको छ ।
प्रहरीले मृतकको शव परीक्षणका लागि अस्पताल पठाएको छ । प्रहरीको लाठी प्रहारबाट केही स्थानीय जनता घाइते भएका छन् । अरनिको राजमार्ग भएर गुड्ने सवारीसाधन चल्न सकेका छैनन् ।
- See more at: http://www.rastriyakhabar.com/?p=9081#sthash.eed3Bl2e.oopH8kB7.dpuf

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.