यसरि लुटिएको थियो साउदी राजकुमालाइ पेरिसमा !!

साउदी राजुकमारका मोटरहरुलाई बीच सडकमा रोकेर हतियारधारी समूहले पेरिसमा साढे २ लाख यूरो र कागजात लुटेका छन् । आइतबारराती भएको यो घटनाको फ्रान्सेली प्रहरीले पुष्टि गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ । पेरिसको उत्तरी भागमा उक्त लुटपाट भएको हो ।
उक्त समयमा साउदी राजकुमारको स्वामित्पमा भएका १० गाडीहरुको तस्कर साजलिजेस्थित सुविधासम्पन्न होटलबाट विमानस्थल ल बुर्गेटतर्फ गइरहेको जानकारी प्रहरीले दिएको छ । यस घटनामा कोही पनि घाइते नभएको बताइएको छ । घटना भएको बेला राजकुमार गाडीमै भए नभएको बारे चाँहि समाचारमा उल्लेख गरिएको छैन । दुई बीएमडब्लु गाडीमा आएका लुटेराको संख्या पाँचदेखि आठ रहेको बताइएको छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.