भारत-पाकिस्तान तनाव बढ्ने संकेत, मोदी सरकारले रद्ध गर्यो वार्ता
भारतले पाकिस्तानसँग हुने भनिएको विदेश सचिवस्तरीय वार्ता रद्ध गरेको छ । पाकिस्तानी उच्च आयुक्तले काश्मिरी पृथकतावादीसँगको भेट गरेपछि क्रुद्ध बनेको भारत सरकारले सोमबार वार्ता रद्ध भएको घोषणा गरेको हो ।
भारत र पाकिस्तानका विदेश सचिवबीच २ वर्षपछि पहिलो पटक यही २५ अगष्टमा इस्लामावादमा वार्ता हुने तय भएको थियो ।
भारतीय विदेश सचिव सुजाता सिंहले पाकिस्तानले पृथकतावादीसँग भेटेर भारतीय आन्तरिक मामलामा हस्तक्षेप गरेको र यो अस्वीकार्य रहेको बताएकी छिन् ।
सिंहले पाकिस्तानले पृथकतावादी वा भारत मध्ये एकलाई छान्नु पर्ने समेत बताएकी छिन् । यस्तो अवस्थामा भारतीय सचिव पाकिस्तान जानुको औचित्य नभएको सिंहको भनाइ छ ।
पाकिस्तानी उच्च आयुक्तले काश्मिरी पृथकतावादी हुरियातका नेतालाई भेटेपछि भारत क्रुद्ध बनेको हो ।
0 comments
Write Down Your Responses