गंगामाया डाँको छोड्छिन्,

काठमाडौं,असोज १० – पति नन्दप्रसादको निधनपछि पनि छोराको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै अनशन जारी राखेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । अधिकारी दम्पतीले सँगै अनसन सुरु गरेका थिए । नन्दप्रसादको अनशन सुरु गरेको ३ सय ३२ औं दिन गत सोमबार निधन भएपछि एक्लिएकी गंगामायाको दिन रोएरै वित्छ । गंगामाया पतिवियोग र माग सुुनुवाई नभएका कारण शारीरिक समस्यासँगै मानसिक रुपमा पनि अस्वस्थ भएकी छन् । पति गुमाएपछि गंगामाया कहिले डाँको छोडेर रुने गर्छिन्,कहिले चुपचाप बस्छिन् त कहिले झर्केर बोल्ने गर्छिन् । गंगामायाको अबस्था बुझ्न र भेट्न मानव अधिकारकर्मी लगातार वीरअस्पताल जाने गरेका छन्,आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

0 comments

Write Down Your Responses

Powered by Blogger.