वीरगञ्जमा कर्फ्यू उल्लंघन, प्रहरी चौकीमा आगजनी







१४ भदौ, वीरगञ्ज । मधेसी मोर्चाका कार्यकर्ताहरुले कर्फ्यू उल्लंघन गरी वीरगन्जको राजीघाट प्रहरी चौकीमा आगजनी गरेका छन् । घण्टाघर लगायतका बिभिन्न स्थानमा प्रदर्शनकारीले नाराबाजी, तोडफोड र आगजनी गरेका छन् ।

यसअघि सोमबार दिउँसो बाइपास रोडस्थित नगवा चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थानीय प्रशासनले अपरान्ह चार बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।
झडपले स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाइ फायर गरेको थियो । प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।
बाराको कलैया पनि तनावग्रस्त
यसैगरी बारा सदरमुकाम कलैयामा पनि मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन चर्काएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.