...जब मन्त्री पण्डितले आफूलाई हिन्दी सिनेमाको नायकसँग तुलना गरे
भाद्र, २०७२
काठमाडौं—सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डीभी र पीआरधारी कर्मचारीविरुद्धको अभियान विरोधीहरु नेपाली हुनै नसक्ने दाबी गरेका छन्।
मन्त्री पण्डित
दिनेशकुमार पोखरेलद्वारा लिखित सुशासनका लागि विद्युतीय अवधारणा शीर्षकको पुस्तक आइतबार राजधानीमा विमोचन गर्दै उनले डिभी पिआर विरोधी अभियानलाई हिन्दी सिनेमासँग तुलना गरे। 'हिन्दी सिनेमामा बीचतिर नायकले अवरोध झेल्नुपरे पनि अन्तमा उसैको जीत भए जस्तै म पनि सफल भएँ', मन्त्री पण्डितले भने।
पुस्तकका प्रकाशक उपेन्द्र तामाङको सभापतित्वमा भएको विमोचन कार्यक्रममा मन्त्री पण्डितले समृद्धि, सुशासन र पारदर्शिताको लागि ई–गर्भनेन्स लागू गर्न आवश्यक रहेको औंल्याए। आफ्नो योजना सफल भए आगामी १० वर्षमा कोही पनि नेपाली रोजगारीको लागि विदेशीनु नपर्ने उनले दाबी गरे।
मन्त्री पण्डितले आफू कर्मचारीको सरुवा बढुवा र कामलाई स्पष्ट देखाउने सफ्टवेयर निर्माणमा लागेको भन्दै त्यो लागू भएपछि सरुवा बढुवा लागि कसैले कसैको शक्ति लगाउनु नपर्ने उल्लेख गरे। 'को कर्मचारी कहाँ कसरी काम गरिरहेका छन् त्यो एप्सले सार्वजनिक रुपमा देखाइदिन्छ', उनले भने, 'पहिला एक जना सुब्बाले चाहेको ठाँउमा सरुवा गराउन ३५ जना सभासद लिएर आएका थिए । यो एप्स लागु भएपछि यो समस्या हट्छ।'
उनले जग्गा धनी लालपुर्जालाई कम्युटरमा राख्ने विषयमा पनि छलफल जारी रहेको जानकारी दिए।
nagariknews
0 comments
Write Down Your Responses