जनजाति महासंघका पूर्वसचिव बलात्कार अभियोगमा पक्राउ
भाद्र १३, २०७२- जनजाति महासंघका केन्द्रीय पूर्वसचिव बद्रि कुचबधिया ७ वर्षीया बालिका बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।
उनले नेपालगन्ज न्यूरोडको बौद्धचोकस्थित गुम्बामा खेल्न गएकी बालिकालाई बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । गत सोमवार दिउँसो साढे २ बजेतिर बालिकामाथि दुर्व्यवहार भएको थियो । ‘घाउ दुखेर सॉझ मात्र नातिनीले भनि,’ हजुरआमाले भनिन्– शंकास्पदलाई देखाउ‘दै जॉदा उसैले गरेको पत्ता लाग्यो ।
बालिका स्थानीय विद्यालयमा कक्षा १ मा पढ्छिन् । मंगलवार नेपालगन्ज शिक्षण अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रहरीले सरकारी अस्पतालको रिपोर्टलाई मात्र मान्यता दिने भनेपछि भेरी अन्चल अस्पतालमा जॉच गरिएको छ ।
बालिकाले दोषीलाई चिन्छु भनेपछि शंकास्पद व्यक्तिलाई देखाउन प्रहरीसहित गएको परिवारले जनाएको छ । कुचबधियालाई देख्नासाथ बालिकाले चिनेपछि उनलाई पक्राउ गरेको हो । ‘प्रहरीमा जाहेरी दिएका छौं,’ उनले भनिन्, ‘मेरी बच्चीले न्याय पाउनुपर्यो । अपराधीलाई कडा कारबाही हुनुपर्छ ।’ बॉके प्रहरी उपरीक्षक वसन्त पन्तले बालिकामाथि जबर्जस्ती करणीको प्रयास भएको बताए । ‘जबर्जस्ती करणीको उद्योग भएको देखिन्छ । हामी विस्तृत अनुसन्धान गर्दैछौं,’ उनले भने ।
अभियुक्त कुचबधियाले अपराध नस्वीकारे पनि घटनाको प्रकृति, गुम्बा वरपरका व्यक्ति र पीडित बालिकाले चिनेकाले उनीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको उनले जनाएका छन् ।
0 comments
Write Down Your Responses