बैंक अगाडि नै साढे ८ लाख लुटियो
परासी, बाणिज्य बैंक परासी अगाडी रकम लुट्ने दुईलाई प्रहरीले पक्राऊ गरेको छ । सोमवार दिउँसो १ बजे बैंक अगाडि रोकीराखेको बा. ७ च २०२८ नम्बरको कारको सिसा फाडेर रकम लिएर भाग्दै गर्दा प्रहरीले लुटेराई दुई भारतीय नागरिकलाई पक्राऊ गरेको हो ।
पक्राऊ परेका दुई जनाबाट ८ लाख रुपैयाँबरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राऊ पर्नेमा भारत जलपाई जिल्ला राजगंज खाटाफुकर बस्ने १४ वर्षीय सन्जु दास र १८ वर्षीय दिलु दास छन् ।
प्रहरीका अनुसार उनीहरुबाट शरीर चिलाउने काउछोसमेत बरामद गरिएको छ । उनीहरु लुट्नको लागि चार जनाको समूहमा आएका थिए । बाँकी दुईको खोज्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । कारभित्र ८ लाख ५० हजार रुपैयाँ राखिएको झोला लुटेर भाग्ने क्रममा दुई पक्राऊ परेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
0 comments
Write Down Your Responses