श्रीमतीले नै गरिन श्रीमानको हत्या

८ चैत, उदयपुर । उदयपुरको कटारी ५ जहडीमा श्रीमतिले श्रीमानको हत्या गरेका छन् । गए राति १० वजे आपसी घरझगडामा अन्दाजी ४० वर्षीय श्रीमान् प्रेम तामाङ लाई श्रीमति कल्पना तामाङले हत्या गरेको स्थानीयवासीहरुले वताएका छन् ।

श्रीमति २८ वर्षिया कल्पना र १५ वर्षिय छोरा राकेशलाई राति नै ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिईसकेको छ ।

अनुसन्धान भैरहेको वताउँदै प्रहरी कार्यालयका डिएसपी किसनसिंह थापाले २ जनालाई आशंकामा नियन्त्रणमा लिएको वताए । अहिले शव पोष्टमार्टमका लागि कटारी अस्पत्तालमा राखिएको छ । छिमेकी राकेश दनुवारका अनुसार श्रीमान र श्रीमतिवीच सँधै झगडा भैरहने गरेको थियो ।

प्रहरी पुग्दा मृतकको शरीरको लुगा कपडा अर्कै भाँडोमा भेटिएको र मृतकलाई नुवाई धुवाई गरेर रगत पखाल्न खोजिएकोले हत्या भएको हुन सक्ने स्थानीयको भनाई छ
 । watch video

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.