सर्लाहीको हरिपुर ६ चिताईमामा बोक्सीको आरोपमा दुई महिलालाई कुटपीट गर्ने व्यक्तिहरु गाउा नै छाडेर फरार भएका छन् । गएको आईतवार राती स्थानीय २७ बर्षिया मन्तरी धामीको झारफुक गर्दा मृत्यु भएपछि गाउँलेहरु मिलेर वडाका असर्फी चौधरीको ४५ बर्षिया श्रीमती लक्ष्मीदेवी चौधरी र २० बर्षिया छोरी मन्जुलाई कुटपीट गरेका थिए । मन्तरीलाई विभिन्न अस्पतालमा उपचार गर्दासमेत निको नभएपछि छिमेकी गाविस जब्दीमा धामीझाँक्री लगाएर झारफुक गर्ने क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि श्रीमान उदयनारायण धामीलगायत गाउँलेहरु मिलेर लक्ष्मीदेवी र मन्जुले नै बोक्सी लगाएर मारेको भन्दै कुटपीट गरेका थिए । यो घटनापछि चैत ५ गते पीडितले ईलाका प्रहरी कार्यालय हरिपुरमा बोक्सीको आरोप मुद्दा दायर गरेको भएपनि भटनामा संलग्न गाउँका आधा व्यक्तिहरु गाउँ नै छाडेर भागेका कारण पक्राउ गर्न नसकिएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।
बोक्सीको आरोपमा महिलालाई कुटपीट गर्ने आधा गाउँले फरार
Powered by Blogger.
0 comments
Write Down Your Responses