हराएको १५ दिनपछि विमान सेवाले भन्यो विमानभित्र विष्फोटक पदार्थ थियो
८ चैत, एजेन्सी ।
२३९ जना सवार जम्बो जेट हराएको १५ दिन पछि मलेसियान एयरलाइन्सका अधिकारीहरुले जेट भित्र अत्याधिक मात्रामा प्रज्वलनशील बस्तु रहेको खुलासा गरेका छन् ।
यस अघी त्यस्तो सम्भावनालाई अस्वीकार गर्दै आएका अधिकारीहरुले शुक्रबार भने विमानमा कार्गोकोरुपमा विष्फोटन हुन सक्ने प्रज्वलनशील ब्याट्री अत्याधिक मात्रामा रहेको स्वीकार गरेका हुन् ।
अधिकारीहरुले हराइरहेको जेट MH370 मा लिथियमका ब्याट्रीहरु अत्याधिक रहेको स्वीकार गरेका हुन् ।
लिथियमको ब्याट्रिका कारण यस अघि १४० वटा हवाइ दुर्घटना भैसकेका छन् ।
विमानले बोकेको भनिएका उपकरण मोबाइल र ल्यापटप लगायतका उपकरणमा प्रयोग हुने ब्याट्री रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयनले पनि ब्याट्रीलाई खतरनाक बस्तुकोरुपमा सूचीकृत गरेको छ ।
पछिल्लो खुलासा पछि विमान आकाशमै विष्फोट भएको हुन सक्ने आशंकालाई बल पुगेको छ ।
उड्डयन अधिकारीहरुले पनि कार्गोबाट आगोलागी शुरु भएको हुन सक्ने अडकलवाजी गरिरहेका छन् ।
सन् २०१० मा यस्तै विष्फोटक पदार्थ रहेको कार्गो विमानले आकश्मिक अवतरण गर्न खोज्दा दुर्घटनामा परेको थियो ।
यस अघि विहीबार मात्र अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एब्बटले हराइरहेको मलेसियाली एयरलाइन्सको विमान समुन्द्रमा डुवेको हुन सक्ने संकेत मिलेको बताएका थिए । तर शनिबार भने उनले ती बस्तु पुराना जहाज वा डुङ्गाका भग्नाबशेष हुन सक्ने बताएका छन् ।
गत मार्च ८ मा मलेसियाको क्वलालम्पुरबाट चीनको बेइजिङका लागि उडेको २३९ जना सवार विमान उडेको केही घण्टापछि वेपत्ता भएको थियो ।
यतिका दिन सम्म पनि विमान फेला नपरेपछि विमानका विषयमा अनेक अनेक अडकल बाजी चलिरहेका छन् । watch video
0 comments
Write Down Your Responses