उत्तेजक सुन्दरीले गर्दा पुटिनले गाभे क्रिमिया !

एजेन्सी । क्रिमियाका कारण युरोपीय सुरक्षामा सबैभन्दा बढी संकट मानिएको छ । तर, दुनियाँ सोही देशका एक महिलाको तारिफ गर्नमा तल्लिन छ ।





रुसका राष्ट्रपति भ्लादमिर पुटिनले जब सुन्दरी र उत्तेजक नतालिया पोकलोन्सकायाको क्रिमियाको नयाँ जनरल नियुक्त गरे, तब जोकोही पनि उनीबारे कुरा गरिरहेका छन् । नातालियालाई १९ मार्चमा पत्रकार सम्मेलन गर्दै चिनाइएको थियो ।


पत्रकार सममेलन रुसी भाषामा भएको थियो र त्यसको कुनै अनुवाद समेत गरेन । तर, यस बाबजुद पनि सो पत्रकार सम्मेलनको भिडियो केही मिनेटमै दुनियाँभर फैलिएर भाइरल बनेको थियो । सबैभन्दा बढी जापानमा १० हजार पटक सो भिडियो र फोटो ट्विट गरिएको थियो ।


यस भिडियो र फोटो ट्विट गर्दै एक व्यक्तिले लेखेका छन्, ‘अब राम्ररी बुझियो कि पुटिनलाई क्रिमिया किन चाहिएको थियो । सुन्दरी सबैको हतियार बन्दो रैछ ।’ एक कार्टुनिष्टले उनको सुन्दरता देखेर पत्रकार सम्मेलनको फोटोको आधारमा कार्टुन नै बनाए ।



तर त्यो कार्टुनसँगै छिट्टै नै ३३ वर्षीय नतालियाको वास्तविक फोटो नै इन्टरनेटमा फैलिएको थियो । जुन फोटोमा नतालियाले एक छोटो कालो लुगा र रातो हिलमा देखिन्छिन् । यही फोटो दनियाँभर भाइरल बनेको हो । क्रिमिया रुसमा गाभिनुअघि उनी जनलर अपिसमा वरिष्ठ वकिल थिइन् ।

watch video

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.