ललितपुर,चैत ६–ललितपुरको चापागाउँ प्रहरी बृतको हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएपछि त्यहाँ तनाब भएको छ । गाँजासहित केही दिनअघि पक्राउ परेका थैव,६ ललित्तपुर घर भएका रवि महर्जनको प्रहरी हिरासतमै मृत्यु भएपछि अहिले लगनखेल,पाटन र चापागाउँ क्षेत्रमा तनाव भएको छ । हिरासतमै मृत्यु भएका महर्जनका आफन्त र ट्याक्सी ड्राइभरहरुले स्वस्थ अवस्थामा रहेका महर्जनको मृत्यु रहस्यमय भएको भन्दै छानविनको माग गरेर लगनखेलको पाटन अस्पताल र चापागाउँ प्रहरी वृतमा नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरुले गाँजासहित पक्राउ परेका महर्जनसँग ५० हजार घुस मागेको र घुस दिन इन्कार गरेपछि प्रहरीको कुटाइबाट उनको मृत्यु भएको दावी गर्दै दोसीमाथि कारबाही र क्षतिपुर्तीको माग समेत गरेका छन् । प्रदर्शनका कारण अहिले ललितपुरको लगनखेल र चापागाउँ भएर चल्ने सवारी साधन ठप्प प्रायः भएका छन् । प्रहरीले भने उनको मृत्युबारे गरिएको दावीको खन्डन गरेको छ । चापागाउँ प्रहरी बृतकी डिएसपी दुर्गा सिंहले हिरासतमा सकुशल अवस्थामा रहेका महर्जनमा राती एकाएक समस्या देखिएको र अस्पताल ल्याएपछि मृत्यु भएको जानकारी दिइन् । उनले प्रहरीले घुस मागेको भनेर लगाइएको आरोपको खन्डन गर्दै प्रमाणित गरेर देखाउन चुनौती समेत दिइन् -
हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि ललितपुरमा तनाव
Powered by Blogger.
0 comments
Write Down Your Responses