एसएलसीको समाचार संकलन गर्न गएका पत्रकारमाथि दुव्र्यवहार

पि.आर. खतिवडा बारा,चैत६–आजैबाट सुरु भएको एसएलसी परिक्षाको समाचार संकलनमा गएका पत्रकाकरहरुमाथि परिक्षाकेन्द्रका पमुखको आदेशमा दुरब्यवहारको प्रयाश भएको छ । लोक टाईम्स् दैनिक तथा संस्कार एफएम बाराका पत्रकार पुष्पराज खतिवडा र रेडियो नागरीक तथा सान साप्ताहिकका सम्पादक विपिन धिताललाई बाराको डुमरवाना ७ स्थिते जनजागृति उच्च मावि परिक्षा केन्द्रका प्रमुख अनिल कुमार मैनालिको ठाडो आदेशमा प्रहरीले दुब्र्यवहार गरेको हो । प्रहरीले जबरजस्ती बाहिर निकाल्न खोजेपछि केहिबेर भनाभन समेत भएको थियो । समाचार संकलनमा पत्रकारलाई रोक लगाएपछि पत्रकार महासंघ बाराका सभापति लक्ष्मि साहले यसको भर्तसना गरेका छन् । केन्द्र परिषरमा रहेका पत्रकार द्वयलाई जिल्ला शिक्षा कार्यालय बाराले दिएको विशेष पास देखाएर परिक्षा हलमा छिर्न भनेका थिए । तर कर्मचारीका लागिमात्र परिचयपत्रको ब्यवस्था गरीएको भएपनि पत्रकारहरुकालागि विशेष पासको ब्यवस्था नरहेको बाराका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले दावी गरे । 

0 comments

Write Down Your Responses

Powered by Blogger.