अक्षय कुमारले गोतम बुद्ध नेपालमै जन्मिएको बताएका छन् ।
बलिउड फिल्म ‘बेबी’ छायांकनका लागि गत सातादेखि नेपालमा रहेका बलिउड स्टार अक्षय कुमारले गोतम बुद्ध नेपालमै जन्मिएको बताएका छन् ।
उनले अभिनय गरेको चाँदनी चोक टु चाइनामा बुद्ध भारतमा जन्मिएको गलत सन्देश गएकोप्रति क्षमा माग्दै अक्षयले आफ्नो फेसबुक पेजमा बुद्ध नेपालमा जन्मिएको स्विकारेका हुन् ।
‘मेरो फिल्म चाँदनी चोक टु चाइनाले नेपाललाई चोट पुर्याएकोप्रति म क्षमा माग्छु । वास्तवमा नेपाली जनताले यो कुरा नबिर्सेकोप्रति खुशी छु…अन्त्यमा म गौतम बुद्ध नेपालमा जन्मेका हुन् भारतमा होइन भन्न चाहन्छु’, उनले लेखेका छन् ।
अक्षयले आफू नेपालमा फर्किएर आउन २० वर्ष लगाएकोमा दु:खसमेत व्यक्त गरे । ‘हरेक कलाकारले यति धेरै फ्यानको माया चाहन्छन् । मलाई थाहा छेन, यस्तो गजबको देशमा फर्कन मलाई किन २० वर्ष लाग्यो ? सबैको सहयोगका लागि धन्यवाद ।’ उनले लेखेका छन् ।
आर्केपटक फेरि नेपाल आउन चाहेको बताउँदै अक्षय कुमार छायांकन सकेर बुधबार मुम्बई फर्केका छन् ।
0 comments
Write Down Your Responses