अक्षयको फिल्म युनिटले पैसा नतिरेपछि लफडा

बैशाख, काठमाडौं । नेपालमा सुटिङ गर्न बलिउड अभिनेता अक्षय कुमारलाई लिएर आएको फिल्मी युनिट २५ लाख भारतीय रुपैयाँ नतिरी फर्कन खोज्दा लफडामा परेको छ ।

उक्त भारतीय फिल्म युनिटलाई नेपालमा सहयोग गरेको रामकृष्ण पोख्रेलको फिल्म इन नेपाललाई २५ लाख भारतीय रुपैयाँ नतिरी हिँड्न खोज्दा पोख्रेलको टीमले भारतीय टोलीमा सरसामान नियन्त्रणमा लिएको थियो । तर, भारतीय पक्षले नेपाल प्रहरी गुहारेपछि पोख्रेलको टीमलाई प्रहरीले गौशाला प्रहरी प्रभावमा ल्याएको छ । अभिनेता अध्यक्ष कुमार भने बुधबार नै फर्किसकेका छन् भने भारतीय फिल्म युनिट आज र्फकदैछ ।
स्मरण रहोस उक्त भारतीय युनिटले नेपालमा सुटिङ गर्न लागेको बेबी फिल्मले नेपालको राष्ट्रियता र त्रिभुवन विमानस्थललाई असरपर्ने दृश्य खिच्न लागेपछि सुटिङ गर्न रोक लगाइएको थियो । तर फिल्म निर्माण पक्षले स्त्रिmप्ट परिवर्तन गरेर आएपछि बुधबार विमानस्थलमा फिल्म सुटिङ भएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.