दक्षिण कोरियाको राजधानी सोलमा एक अदृश्य भवन बन्दैछ । सन् २०१४ मा निर्माण पुरा गरेपछी 'टावर इन्फिनिटी' विश्वको तेस्रो सबैभन्दा अग्लो भवन हुनेछ । यो भवन ४५० मिटर उचाईको हुनेछ भने यो भवन अन्य भवनभन्दा यसकारण फरक छ की यो भवन अदृश्य भवन हो । अमेरिकी आर्किटेक्टर फर्म जीडीएस आर्किटेक्टरले यो भवन कोरिया ल्याण्ड एण्ड हासजिङ कर्पोरेशनको मद्धतले बनाइरहेको छ ।
भवनलाई अदृश्य बनाउनका लागी फरक खालको शिसाको प्रयोग गरिने छ, जसले वरपर कुनै भवन भएको नै थाहा हुने छैन् । यस्तै, उक्त भवनमा एलइडी लाइट र क्यामराहरू प्रयोग गरेर उक्त भवनलाई अदृश्य गर्ने तयारी गरिएको छ । टावर इन्फिनिटीको बाहिरी सतहमा रियल टाइम इमेज देखाइनेछ । भवनलाई तीन वटा भागमा छुट्टयाइने छ । हरेक भागमा एलइडी लाइट प्रयोग गरिनेछ, ती सबै लाइट बालेपछी उक्त भवन अदृश्य हुनेछ ।
फर्मका डिजाइनर चार्ल्स वीले आफूहरूले दक्षिण कोरियालाई निकै इनोभेटिभ टेक्नोलोजीको देश भनेर चिनाउन चाहेको बताएका छन् ।
विश्वको सबैभन्दा ठुलो र अदृश्य भवन यस्तो...(फोटोसहित)
Powered by Blogger.
0 comments
Write Down Your Responses