मोनिका लेबेन्स्की प्रकरण, मोनिकाले मुख खोलिन

 २५ बैशाख, एजेन्सी ।  अमेरिकी ह्वाइट हाउसमा काम गरेकी मोनिका लेबेन्स्कीले मिडियामा आफ्नो मुख खोलेकी छन। मोनिकासँगको अफेयरको कारणले तत्कालिन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले महाअभियोगको सामना गर्नु परेको थियो ।




भ्यानिटी फेयर म्यागेजिनमा प्रकाशित लेखमा मोनिका लेबेन्स्कीले भनेकी छन, मलाई बिल क्लिन्टनसँगको अफेयरप्रति गहिरो अफसोच छ । उनीसँगको सम्बन्ध भने सहमतीबाट भएको पनि मिनिकाले बताएकी छन। राष्ट्रपतिले जरुर फाइदा उठाएका छन तर हामी बीच सहमती भएर नै सम्बन्ध भएको हो ।

१९९८ मा मोनिका लेबेन्स्की प्रकरणलाई मुद्धा बनाएर बिल क्लिन्टनलाई पदबाट हटाउन रिपब्लिकन पार्टी असफल भएको थियो ।

तर अब बिल क्लिन्टन पत्नी हिलारी क्लिन्टन २०१६ मा राष्ट्रपति पदको उमेद्वार बन्न जाँदैछिन, लेबेन्स्की प्रकरण एक पटक फेरि अमेरिकी राजनीतिमा चर्चामा आएको छ। रिपब्लिकन पार्टीले अब यस मुद्दाको फेरि उठाउने अनुमान गरिएको छ।

भ्यानिटी फेयर म्यागेजिनले मोनिकाको लेखको अंशमा भने अनुसार लेबेन्स्की आफ्नो पहिलाको कुरालाई फेरि बाहिर ल्याउन चाहन्छिन जहाँ आज पनि अमेरिकामा उनलाई चिन्ने गर्छन र मिडियाको माध्यमबाट अहिले पनि उनले आफ्नो नाम देख्ने गर्छिन।

म र राष्ट्रपति क्लिन्टनबीच जे भयो त्यो एकदम नराम्रो भयो यसप्रति मलाई धेरै नै अफसोच छ। १९९८ मा यो स्क्याण्डल बाहिर आएपछि उनी शोषण र बद्नामीबाट पिडित बनेकी थिईन। उनी भन्छिन राष्ट्रपतिलाई बचाउनको लागि मलाइ बलीको बोको बनाइएको थियो ।

बिल क्लिन्टनसँग को अफेयरको समयमा मोनिका २२ वर्षकी थिइन । उनी लेख्छिन, सायद आफ्नो अतित भनेर यस्तै समस्या भोगिरहेका व्यक्तिहरुलाई सहयोग गर्न सक्छु कि भनेर मैले मेरो अतितलाई बाहिर ल्याएकी हुँ । मोनिकाले अनलाइन मार्फत शोषणमा परेकाहरुको आवाजलाई सार्बजनिक रुपमा ल्याइ सहयोग गर्न चाहेको कुरा पनि उक्त लेखमा लेखेकी छन।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.