के कट्रिना कैफ पुर्व पोर्न स्टार हुन् र ?
काठमाण्डौ, २ जेठ । बलिउडमा हाल कट्रिना कैफलाई लिएर ठुलो चर्चा चलको छ । चर्चा हो उनी बलिउडमा आउनुभन्दा पहिला के गर्ने सोचमा थिइन् । पोर्न फिल्मका निर्मातासँग कट्रिनाको चर्चा सामाजिक सञ्जालमा भाइरल झै भिजिएको छ ।
एक रिपोर्टका अनुसार, कट्रिना कैफ, उनकी कान्छी बहिनी इसाबेल र एक पोर्न फिल्क निर्मातासँग खिचिएको तस्बिर इन्टरनेटमा अहिले भाइरल भएको छ । यो तस्बिरमा कट्रिना आफ्नी बहिनी इसाबेलसँग पोर्न फिल्म निर्माता टेर्री स्फेन्सका साथमा देखिएकी छिन् ।
कट्रिनाको आवरण हेर्दा यो पत्ता लाग्छ कि यो तस्बिर उनी बलिउडमा आउनुपूर्वको तस्बिर हो । स्टेफन्सको बारेमा यो पत्ता लागेको छ कि उनी पहिले अश्लील फिल्मको सिडि बेच्ने गर्दथे, त्यसपछि उनले पोर्न फिल्म निर्माण गर्न थाले र यस्ता फिल्महरुको निर्माता बने ।
अब यीे तस्बिरलाई हेरेर केहि मानिसहरुले कट्रिना बलिउडमा आउनुपूर्व पोर्न फिल्ममा काम गर्थिन् भन्ने कुराको अड्कलबाजी गर्न थालेका छन् । इन्टरनेटमा तहल्का मच्चाएको यो तस्बिरमा बहिनी इसाबेल पनि पोर्न फिल्म निर्मातासँग पोज दिँदै फोटो खिचाएकी देखिन्छन् ।
फोटोमा स्टेफन्स इसाबेलको साथमा जस्तो तरिकाले बसेका छन् त्यसमा सभ्य कहिँ पनि देखिएको छैन । स्मरण रहोस् इसाबेल एक समय मिडियाको शीर्षस्थानमा थिइन् जब उनी जस्तै देखिने एक महिलाले अज्ञात युवकसँग सेक्स गरिरहेको एमएमएस इन्टरनेटमा लिक भएको थियो ।
बलिउडमा सलमान खानको साथ पाएर चर्चामा रहेकी कट्रिनाको करियर ओरालो लागेको फिल्म विश्लेषकहरुले बताएका छन् । अझ यो कुरा साबित भएमा उनको करियर बलिउडमा संकटमा पर्ने अनुमान गरिएको छ ।
0 comments
Write Down Your Responses