प्रहरीको फेरी अर्को करामत!!! छब्बीस करोडमा एसपीको नजर परेपछि
काठमाडौं। प्रहरी नेतृत्वले दबाबमुक्त भएर काम गर्न पायो भने सहजै अपराध नियन्त्रणमा आउनसक्छ भन्ने कुरा व्यवहारमा उतारेका छन्, एसपीद्वय विक्रमसिंह थापा र उत्तमराज सुवेदीले। यिनै दुई अधिकृतले नेपाल प्रहरीको छवि जनस्तरमा चम्काइहेका छन्। रुपन्देहीका प्रहरी प्रमुख एसपी थापाले बर्षौदेखि आयल निगम र ट्यांकर ब्यवसायीहरूको मिलेमतोमा हुँदै आएको करोडौं करोडको पेट्रोलियम पदार्थ अपचलनलाई उजागर मात्र गरेका छैनन्, अपचलनमा संलग्न ठूला व्यापारीलाई पक्राउ गरी प्रहरीको छवि उँचो बनाउने काम गरेका छन्। अरबौं रुपैयाँ राष्ट्रको राजस्व मार्नेहरूलाई पक्राउ नगर्न एसपी थापालाई उच्च राजनीतिक र प्रशासनिक दबाब परे पनि उनी झुकेका छैनन्।
उनले राजनीतिक दबाबको पर्वाह नगरी ठूला भनिएका ब्यापारीहरूले कसरी पेट्रोलियम पदार्थको अपचलन गरी रातारात करोडपति भएका रहेछन् भन्ने खुलासा गरिदिएका छन्। पेट्रोलियम पदार्थ अपचलन गर्दै राजस्व मार्न पल्केकाहरूलाई पक्राउ गरेपछि लहरो तान्दा पहरो नै गर्जने भएकाले एसपी थापालाई सरुवा गर्न गृहमन्त्रीसमक्ष ठूलै दबाब परेको छ।
सानातिना टोले गुण्डा पक्राउ गरी मिडियाबाजी गर्ने काठमाडौंका एसएसपी रमेश खरेलको तुलनामा करोडौं करोड रकमको पेट्रोलियम पदार्थ चोरी गरी राजस्व मार्नेहरूलाई कठघरामा उभ्याउने कामलाई सर्वत्र प्रशंसा गर्नुपर्नेमा नेताहरूले उल्टै अपचलनमा संलग्न ब्यापारीलाई पक्राउ नगर्न दबाब दिइरहेको समाचार सार्वजनिक भइरहेको छ। एसपी थापाले चुरे विनाश गर्दै भैरहवाबाट अवैध रुपमा ढुंगा गिटी भारततर्फ निकासी गर्नसमेत रोक लगाएकाले ठूलो शक्ति उनलाई सरुवा गराउन लागिपरेको छ।
आयल निगमका कर्मचारीहरूको समेत संलग्नतामा भारतबाट आयात हुने पेट्रोलियम पदार्थ रुपन्देहीको भैरहवा नाका हुँदै निगमको तेल भण्डारण गर्ने डिपो रहेको भलवारीसम्म पुग्दा एक दिनमा १० लाख ९२ हजार रुपैयाँंबराबरको तेल चोरी हुने गरेको रहस्य प्रहरीकै सक्रियतामा खुलेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरेको अनुसन्धानमा एक ट्यांकरले न्यूनतमा तीन सय लिटर तेल निकाल्ने गरेको पाइएको छ। बेलहिया नाका हुँदै दैनिक औसत ३५ वटा ट्यांकर इन्धन नेपाल भित्रिन्छन्। यसको आधारमा ३५ ट्यांकरबाट दैनिक १० हजार ५ सय लिटर तेल चोरी हुने गरेको पाइएको छ। डिजेलको हालको मूल्य एक सय चार रुपियाँ प्रतिलिटरका हिसाबले सो परिमाणको तेलको मूल्य दैनिक १० लाख ९२ हजार रुपैयाँ हुने प्रहरीको दाबी छ। महिनामा २० दिनको हिसाबले सरदर एक वर्षमा २६ करोड २० लाख ८० हजार रुपैयाँको तेल ट्यांकर चालकहरूले चोर्ने गरेको एसपी थापाको भनाइ छ।। कर्मचारी, गाडीधनी र चालक मिलेर आयल निगमको तेल चोरी गर्नुका साथै मापदण्डभन्दा बढी तेल ल्याएर अवैध रुपमा बिक्री गर्दै करोडौं रुपैयाँको तेल अपचलन गरिरहेको बताए। बर्षौदेखिको अपचलनको हिसाब गर्ने हो भने अरबौ रुपैयाँ हुन्छ। भारतीय आयल निगमले नेपाल आयल निगमलाई उपलब्ध गराएको तेलभन्दा बढी तेल ल्याई भन्सार र राजश्व छली गरी ठूलो परिमाण्ँमा तेलको अपचलन गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ। एसपी थापा गएपछि भैरहवामा तस्करी नियन्त्रणमा आएको छ भने अपराधीहरूको भागाभाग नै भएको छ।

जनकपुरमा शान्ति बहाली हुँदै
त्यस्तै गणतन्त्रपछि सशस्त्र समूह र स्थानीय दादाहरूको अपराधिक क्रियाकलापले आक्रान्त हुँदै गएको जनकपुरबासीलाई शान्तिको सास फेर्नसक्ने तहमा पुर्याँएका छन् धनुषाका एसपी उत्तम सुवेदीले। एसपी सुवेदीले धनुषामा गएपछि शान्ति सुरक्षा कायम गराउन सशस्त्र समूहको चन्दा आतंक, अपहरण र फिरौतीका घटनातिर बढी ध्यान केन्द्रित गरे। एसपी सुवेदी जनकपुरको राजनीतिमा स्थानीय दादाहरूको संजाल तोड्न सफल भएका छन्। जनकपुरमा ठेक्कापट्टादेखि राजनीतिक दलहरूलाई लठैत आपूर्ति गर्ने र जनकपुरमा अशान्ति मच्चाउने सभाषद् संजय टक्लालाई सुवेदीले पक्राउ गरिसकेका छन् भने अर्का डन जीवनाथ चौधरीको संजाल पनि तोडिंदै गएको छ। गणतन्त्रपछि अपराधिकरणले ग्रस्त सहरका रुपमा परिचित हुँदै गएको जनकपुरमा अहिले नागरिकहरू ढुक्कसँग बस्नसक्ने अवस्था बनेको छ। जनकपुर बमकाण्डका मुख्य अभियुक्त सभाषद् संजय टक्लालाई पक्राउ गरेपछि जनकपुरको अपराध ५० प्रतिशत नियन्त्रण भइसकेको र जीवनाथ चौधरीको संजाल तोड्ने चुनौती एसपी सुवेदीसामु छ। एसपी सुवेदीले धनुषाको प्रहरी कमाण्ड सम्हालेपछि पत्रकार उमा सिंह हत्याका मूख्य योजनाकारलाई पक्राउ गरी सुरु गरेका थिए। पत्रकार सिंह हत्याका मुख्य योजनाकार स्वामीजी भन्ने उमेश यादव २०७० असोज १ गते कैलाली धनगढीबाट पक्राउ परेका थिए। यादव कथित भूमिगत समूह तराई एकता परिषदका संयोजक एवंं तथा करिब एक दर्जन भन्दा बढी मुद्दाका फरार अपराधीका रुपमा चिनिएका थिए। पत्रकार सिंहदेखि धनुषाको रामानन्द चोकमा भएको बम विष्फोटनका मुख्य योजनाकार सभाषद् साहसम्मलाई २०७१ बैश्ााख २० गते पर्साको नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरी एसपी सुवेदीले कानुनी कठघरामा उभ्याउन सफल भइसकेका छन्। २०६९ वैशाख १८ गते रामानन्द चोकमा भएको बम विष्फोटनमा पाँच जनाको मृत्यु भएको थियो। एसपी सुवेदी नेतृत्वको धनुषा प्रहरीले संचार उद्यमी अरुण सिंघानियालाई गोली हानी हत्या गर्ने दुई अभियुक्तलाई पक्राउ गरिसकेको छ।। अखिल तराई मुक्ति मोर्चाको पोलिटव्यूरो सदस्य तथा धनुषा लगायत तराईका बिभिन्न जिल्लाहरूमा करिब एक दर्जन मुद्दाका फरार अपराधी रहेका पृथ्वी सिंह भन्ने श्याम यादव पक्राउ परिसकेका छन् भने धनुषा साइन्स क्याम्पस हजारी संस्कृत विद्यापिठमा नेपाली बिषयका प्राध्यापक सत्यनारायण गडेरीलाई गोली प्रहार गरी हत्या गर्ने सम्पूर्ण अभियुक्तहरूलाई घटना भएको ३६ घण्टाभित्र घटनाका मुख्य अभियुक्त लक्ष्मेश्वर राउत सहित पक्राउ गर्न सफल भएका थिए।

सुवेदीको कमाण्डमा सशस्त्र गतिविधि गर्दैआएको जनतान्त्रिक तराई मूक्ति मोर्चा (राजन समूह) का सुप्रिम कमाण्डर तथा करिब एक दशकदेखि धनुषा लगायत तराईका बिभिन्न जिल्लामा संगठित रुपमा हत्या, आतंक, चन्दा, असुली, बम बिष्फोटनका श्रृङखलाबद्ध घटनाहरूका प्रमुख नाइके तथा बिभिन्न तिन दर्जन भन्दा बढी गम्भीर प्रकृतिका अपराधमा संलग्न राजन मूक्ति भन्ने रंजित झालाई २०७० कार्तिक २९ गते पक्राउ गरिएको थियो। २०७० फागुन १९ गते धनुषा नगराइन गा.वि.स जटही बाट तराईमा लामो समयदेखि हत्या, अपहरण, बम विष्फोटन लगायतका विभिन्न घटनामा संलग्न रहेको तथा तराई जनतान्त्रिक पार्टी मधेश संगठनका केन्द्रीय संयोजक रहेका मुकेश चौधरीको पक्राउले पनि जनकपुरमा शान्तिसुरक्षा बहाल गराउने एसपी सुवेदीको प्रयासले सार्थकता पाउँदै गएको छ।
0 comments
Write Down Your Responses