सर्लाहीको लालबन्दीबाट यौन क्रियाकलापमा संलग्न दुई जोडी पक्राउ

सर्लाही, १३ जेठ । सर्लाहीको लालबन्दीबाट प्रहरीले यौन क्रियाकलापमा संलग्न दुई जोडीलाई पक्राउ गरेको छ । लालबन्दीमा रहेको साईनो होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा साबिक लालबन्दीको वडा नम्वर २ का दुई युवक र काठमाण्डौ बस्दै आएका भक्तपुर र सोलुखुम्बुका दुई युवती रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

0 comments

Write Down Your Responses

Powered by Blogger.