रहस्यमय तरिकाले बैंकको खाताबाट दुई करोड ७८ लाख हरायो

१८ जेठ, काठमाडौं ।
एक ग्राहकको बैंक खाताबाट रहस्यमय रुपमा दुई करोड ७८ लाख रुपैया हराएको छ । राष्ट्र बैंकद्धारा समस्याग्रस्त घोषित एच एन्ड बी बैंकमा रहेको व्यापारी आशिष अग्रवालको रकम रहस्यमय तरिकाले हराएको हो ।

रकम हराएपछि प्रहरीले अनुसन्धानका लागि बैंककी पूर्व प्रमुख कार्यकारी अधिकृत जसोधा सैँजुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई शुक्रबार पक्राउ  गरेको हो ।

बैंकको प्रमुख व्यक्तिबाट नै अनुसन्धान गर्नुपर्ने भएकाले सैँजुलाई पक्राउ गरी छानविन अघि बढाइएको महाशाखाका डिएसपी प्रजित केसीले बताए  आजको नयाँ पत्रिकामा खबर छ ।

व्यवसायी अग्रवालको सो बैंकको खातामा भएको चार करोड ७८ लाखमध्ये दुई करोड ७८ लाख गायब भएको हो । 

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.