रमेश खरेललाई कारवाही गर्ने अन्मित तयारी
१८ जेठ, काठमाण्डौ ।
सार्वजनिक कार्यक्रममा प्रहरी अधिकृतहरु एआइजी बन्न पैसाको सुटकेस बोकेर शक्तिकेन्द्र धाइरहेको भन्ने अभिब्यक्ति दिएपछि काठमाण्डौ प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएका एसएसपी रमेश खरेलसँग छानविन समितिले बयान लिएको छ ।
खरेलले विवादास्पद अभिब्यक्ति दिएर अनुशासन उल्लङ्घन गरेको भन्दै गृहमन्त्रालयले दवाव दिएपछि प्रहरी प्रधान कार्यालयले खरेलवारे छानविन गर्न छानविन समिति नै गठन गरेको थियो ।
उक्त समितिले १ साता भित्र प्रतिवेदन बुझाउने समयसीमा पाएकोमा समयसीमा आज सकिँदै छ ।
डिआाइजी विज्ञान शर्माको संयोजकत्वमा गठित समितिले खरेलसँग उक्त अभिब्यक्तिका विषयमा बयान लिइसकेको बताइएको छ । यद्यपी खरेललाई काज सरुवा गर्ने गृहमन्त्रालयको प्रयास निर्वाचन आयोगका कारण रोकिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई के कारवाही गर्ने भन्ने विषयमा टुङ्गो लगाएको छैन ।
सत्य कुरा उजागर गर्दा इमान्दार अफिसर रमेश खरेललाई कारवाही गर्न खोजिएको भन्दै गृहमन्त्री बामदेव गौतमको चौतर्फी आलोचना भैरहेको छ ।
एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराईले समेत रमेश खरेलले बोलेको कुरा सत्य भएको र प्रहरी बढुवामा पैसाको चलखेल भएको भन्दै कारवाहीको विरोध गरेका थिए ।
खरेलको पक्षमा रहेकाहरुले फेसबुकमा खरेल बचाउ अभियान समेत चलाइरहेका छन् ।
हिन्दी चलचित्र सिंघमका अजय देवगण जस्तै लोकप्रिय बनेर जनताको प्यारो बनेका रमेश खरेल संस्थापन पक्षको भने तारो बन्दै आएका छन् ।
उनलाई कुनै कारवाही गरिए प्रहरी संगठनमा इमान्दाहरुको अस्तित्व रक्षागर्न नसकिने पुष्टी हुने विश्लेषकहरु बताउछन्
0 comments
Write Down Your Responses