खरेल जस्ता क्षमतावान् प्रहरी अधिकृतलाई मुख्यालयमा तानेपछि आईजीपी अर्याललाई साढे सातको दशा !!

आईजीपी अर्याललाई ‘कु’ को खतरा
समाचार
0
काठमाडौं । नेतृत्वको क्षमता र योग्यताभन्दा तत्कालिन गृहमन्त्री माधव घिमिरेको आशीर्वादका कारण प्रहरी महानिरीक्षक बनेका उपेन्द्रकान्त अर्याल माथि ‘कु’ को खतरा रहेको बताइएको छ । पछिल्लो समय आईजीपी अर्यालको अक्षमताका कारण संगठन भित्र विकृति, विसङ्गति र व्यापक असन्तुष्टि बढेको प्रहरी सूत्रले बतायो । काँग्रेसको नक्कली बिल्ला भिरेर आईजीपी बन्न सफल भएका अर्याल यति बेला नेपाल प्रहरीको सामान खरिदबाट प्राप्त हुने कमिशन हात पार्न सक्रिय रहेको जानकारहरुले बताएका छन् । संगठनलाई रसातलमा धसाएर उनले आठ महिना पुग्दा समेत एआईजीहरुको बढुवा गर्न सकेका छैनन् । बढुवा समितिले सिफारिश गरेका सातजना डीआईजीहरु सकेसम्म अवकाश पाए हुन्थ्यो भन्ने रणनीतिमा जुटेको श्रोतले बतायो । नेपाल प्रहरीकै इतिहासमा आईजीपी अर्यालको आठ महिनाको कार्यकालमा जस्तो अन्यौल र अस्थिर कहिल्यै नबनेको समाचारमा उल्लेख छ । संगठन भित्र चेक अफ कमाण्ड नभएको स्पष्ट देख्न सकिन्छ । आईजीपी अर्यालको गतिविधि र कामकारबाहीबाट गृहमन्त्री वामदेव गौतमसमेत असन्तुष्ट बनेको गृह सूत्रले बताएको छ । राजधानी लगाएत विभिन्न ठाउँमा अपराधीका घटनामा वृद्धि हुन थालेको छ । यसैबीच एआईजी बढुवाको बाटो खुलेपछि वरियताक्रममा पहिलो नम्बरमा रहेका डीआईजी राजेन्द्रसिंह भण्डारी र दोस्रो नम्बरमा रहेका सुरेन्द्रबहादुर शाहद्वारा नै आईजीपी अर्यालमाथि ‘कु’ हुन सक्ने चर्चाले प्राथमिकता पाएको छ भने राजनीतिक बजारमा समेत बहस शुरु भएको बताइएको छ । पछिल्लो समय एसएसपी रमेश खरेल जस्ता कुशल एवं क्षमतावान् प्रहरी अधिकृतलाई मुख्यालयमा तानेपछि आईजीपी अर्याललाई साढे सातको दशा शुरु भएको समाचारमा उल्लेख छ ।
http://www.weeklynepal.com/?p=12254

,

0 comments

Write Down Your Responses

Powered by Blogger.