भारतीय प्रधानमन्त्रीले भुटानलाई नेपाल भनेपछि ......

३ असार, थिम्पु ।
भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीले भुटनको संसदमा सम्बोधन गर्दै भुटानलाई नेपाल भनेपछि उनी सामाजिक सञ्जालमा मजाकका पात्र बनेका छन् । २ दिने भुटान भ्रमणमा गएका नरेन्द्र मोदीले भुटानी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै मोदीले भुटान भन्नु पर्नेमा नेपाल भनेका थिए ।
यद्यपी उनको सम्बोधनका क्रममा भुटानी संसद तालीले गुञ्जिएको थियो ।
मोदीले भुटानको राजतन्त्र भन्नु पर्नेमा नेपालको राजतन्त्रले प्रजातान्त्रिक मूल्य र मान्यतालाई रक्षा गरेको भन्दै प्रसंसा गरेका थिए ।

उनको शब्दावलीलाई इन्टरनेटमा भने मजाक बनाइएको छ । कतिपयले मोदीलाई काँचो सरकार प्रमुखको सज्ञा दिएका छन् भने कतिले उनलाई अलमलिएको ब्यक्तित्व भनेका छन् ।
अधिकाँशले हाँसोको पात्र बनाएका छन् ।


भुटानमा अलच्छिन भगाउनका लागि मात्र ताली बजाउने चलन रहेपनि मोदीको भाषणको समयमा भने संसद नै तालीले गुञ्जिएको थियो ।
कट्टर हिन्दुवादी छवी बनाएका नरेन्द्र मोदी नेपाल आउने तय भैसकेको छ । उनी नेपाल आउने कुरालाई बढी प्राथमिकतामा राखेका कारण उनको जिव्रो चिप्लिएको अनुमान गरिएको छ ।
उनी नेपालमा हिन्दु राजतन्त्रको पक्षपाति रहेका कारण समेत राजतन्त्रको प्रसंगमा नेपालको नाम आएको पनि हुन सक्छ ।
नेपालसँगको कुटनीतिक सम्बन्ध भन्दा पनि उनको लागि धार्मिक दृष्टीले पशुपतिनाथको दर्शन सबैभन्दा महत्वपूर्ण रहेको बताइन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

0 comments

Write Down Your Responses

Powered by Blogger.