भारतको सम्मेलनमा नेपाललाई हिन्दुराष्ट्र बनाउने घोषणा

काठमाडौं,असार१७– नेपाल र भारतका हिन्दूवादी संगठनसम्बद्ध अगुवाहरुको सम्मेलनले नेपाललाई हिन्दूराष्ट्र बनाउने घोषणा गरेको छ । भारतको गोवामा २० देखि २७ जुनसम्म चलेको एक सय २५ हिन्दूवादी संगठनको सम्मेलनले यस्तो घोषणा गरेको हो ।
नेपाल धर्मसंकटको अवस्थामा रहेको निष्कर्षसहित सम्मेलनले हिन्दू राष्ट्रका लागि हुने सबै आन्दोलनमा सहयोग र समर्थन गर्ने पनि निर्णय गरेको छ ।
गोवाको पोन्डास्थित रामनाथ देवस्थन भन्ने स्थानमा हिन्दू जनजागृति समितिका संरक्षक नगेश गड्डेले तृतिय अखिल भारतीय हिन्दू सम्मेलन आयोजना गरेका थिए । सम्मेलनमा नेपालबाट पंचाग निर्णायक समितिका पूर्वअध्यक्ष तथा राजदरबारका पूर्वनायव बडागुरुज्यु डाक्टर माधव भट्टराई सहभागी थिए । उनी हाल राप्रपा नेपालको केन्द्रीय सदस्य पनि छन् ।
‘राष्ट्रिय धर्मसभा’ नामक संस्थाका तर्फबाट प्रतिनिधित्व गरेका भट्टरार्इले २३ जुनमा सम्मेलनलार्इ सम्बोधन गर्दै नेपाललार्इ हिन्दू राष्ट्र बनाउन सहयोग र दबाबका लागि भारतीय हिन्दूवादीलार्इ आह्वान गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.