आफैं चढेको हलिकप्टर दिर्ई गृहमन्त्रीबाट बिरामीको उद्धार

२८ जेठ, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफू चढेर आएको नेपाली सेनाको हेलिकप्टर बाजुरामा पहिरोमा परेका दुई घाइतेको उद्धारमा प्रयोग गर्न दिएका छन् ।

बाजुराको कोल्टीमा पहिरोमा परी घाइते भएका बिमला बुढा र लेखजङ्ग हमाललाई काठमाडौँमा उपचारका लागि ल्याउनुपर्ने भएपछि आफू चढेको हेलिकप्टर घाइतेहरुलाई काठमाडौँ लग्न गृहमन्त्री गौतमले निर्देशन दिई आफू नेपालगञ्जबाट बुद्ध एयरको नियमित उडानबाट आज काठमाडौँ आएको गृहमन्त्रीका निजी सविच गङ्गा क्षेत्रीले जानकारी दिए ।

नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलका अनुसार गृहमन्त्रीको निर्देशनअनुसार नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी दुई घाइतेलाई नेपालगञ्जबाट काठमाडौँ ल्याइएको छ ।
घाइते दुवैको काठमाडौँको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

गृहमन्त्री गौतमसहित उद्योगमन्त्री कर्णबहादुर थापा र सभासद् बद्री पाण्डे मङ्गलबार सेनाको हेलिकप्टरबाट पोखरा, सुर्खेत हुँदै बाजुराको कोल्टीमा केही दिनअघि पहिरो गएर क्षति बेहोरेका पीडितलाई राहत वितरण गर्न पुगेका थिए ।

घाइते दुईजनालाई उपचारका लागि गृहमन्त्री गौतमले सेनाको हेलिकप्टरमा सँगै लिएर सुर्खेत पुगे तर सुर्खेत अस्पतालमा उपचार नभएपछि दुबैलाई एम्बुलेन्समा नेपालगञ्ज लगियो ।
नेपालगञ्ज अस्पतालमा उपचार हुन नसकेपछि आज काठमाडौँ ल्याइएको हो । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

0 comments

Write Down Your Responses

Powered by Blogger.