राजधानीकाे सवारी समस्या समाधान गर्न ‘ट्रयाकमान्डू’

३ असार, काठमाडौं । राजधानीको व्यस्त जीवनमा सार्वजनिक सवारी कुरेर बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । अबको केही महिनामा आफु जाने गन्तव्यतर्फको बस कहाँ आइपुग्यो मोबाइलबाट हेरेर यात्रा तय गर्न सकिनेछ ।
चार जना नेपाली यूवाहरुले मोबाइलबाट आपुलाई चाहिएको सवारी कुन ठाउँमा छ हेर्न सकिने प्रविधिको विकास गरेका हुन् । सफ्टवेयर र हार्डवेयरको कोलाब्रेसन गरेर निर्माण गरिएको अत्याधुनिक प्रविधि ‘ट्रयाकमान्डु’ले सवारी सधानको पूर्ण जानकारी दिने बताइएको छ । जसबाट हतार भइरहेका बेलामा पनि बस कुर्दा-कुर्दै हैरान हुने राजधानीबासीले मुक्ति पाउनेछन् ।
आगामी आर्थिक वर्षदेखि ‘ट्रयाकमान्डु’ मार्फत राजधानीको सवारी व्यस्थापनको काम सुरु गर्ने तयारीमा रहेको प्रज्वल रिमालले बताए । ट्रयाकमान्डू प्रोजेक्ट प्रज्वल रिमाल, प्रकाश अर्याल, चन्दन गुप्ता र ठाकुर न्यौपानेले करिव ९ महिना लगाएर तयार गरेको हुन् । सार्वजनिक साधनमा ट्रयाकिङ गरेर ट्रयाकमान्डू प्रविधि सञ्चालनमा ल्याइने उनीहरुको भनाई छ ।

यसरी प्रयोगमा आउनेछ

सवारी साधनको जानकारी दिने ट्रयाकमान्डूको हार्डवेयर सार्वजनिक यातायातमा जडान गरिने छ । सिग्रेटको बट्टा साइजमा रहेको उक्त हार्डवेयर बसमा मात्र नभई मोटरसाइकलमा समेत प्रयोग गर्न सकिने चन्दन गुप्ताले बताए । ट्रयाकमान्डूले सवारी व्यवस्थापन मात्र नभई सुरक्षा समेत दिने दाबी उनको छ ।
कुनै पनि बसमा जडान गरिएको हार्डवेयरबाट सुचना लिन बस स्टपहरुमा सफ्टवेयर डिस्प्ले गरिने छ । साथै, ट्रयाकमान्डूको एन्ड्रोइइ एप्स डाउनलोड गरेर स्मार्टफोनमार्फत पनि बसको सुचना लिन सकिन्छ । यात्रुहरुले आफ्नो मोबाइल र बसस्टपमा रहेको डिस्प्ले बोर्डबाट आफु जाने गन्तव्यको बस कहाँ आइपुगेको छ हेरेर थाहा पाउन सक्ने आशिष ढकालले बताए ।
यो प्रविधि प्रयोगमा ल्याउन धेरै महंगो पनि छैन । हार्डवेयरलाई जम्मा ८ हजार रुपैयाँ पर्ने र एप्स निःशुल्क डाउनलोड गर्न सकिने हुँदा छिट्टै लोकपि्रयता कमाउने अपेक्षा गुप्ताको छ । गाडी कम्पनीहरुलाई हार्डवेयर सस्तो भएको हुँदा सहज रुपमा प्रयोगमा ल्याउन सक्ने उनले विश्वास व्यक्त गरे ।

सवारी व्यवस्थापन गर्छ

विश्वका अधिकांश मुलुकहरुले मुलुकहरुले सवारी व्यवस्थापनमा यस्तो खालको प्रविधि अपनाइसकेको बताउँदै रिमालले नेपालमा पनि प्रयोगमा ल्याउन सकेमा सवारी व्यवस्थापनमा सहजता मिल्ने दाबी गरे ।
‘राजधानीमा मानिसको भिड बढ्दै गइरहेको छ । बढ्दो भिडसँगै मान्छेको व्यस्तता समेत बढेको छ, जतिबेला पनि मान्छेहरुमा हतार-हतार देखिन्छ’ ढकालले भने- ‘भनेको समयमा बस चढेर गन्तव्यमा पुग्न नसक्दा समस्यामा पर्ने यात्रुहरुलाई हाम्रो प्रोजेक्टले ठूलो राहत दिनेछ ।’
ट्रयाकमान्डू प्रजेक्टलाई कार्यान्वयनमा ल्याएइसकेपछि कुन बस कति बेला बस स्टपमा आइपुग्छ मान्छेले घरमा बसेर पनि हेर्न सक्छन । जसले गर्दा उसको समय बचत हुनुका साथै मानसिक तनाब समेत हटेर जाने छ । बसमा फिट गरिएको हार्डवेयले मोबाइल डाउनलोड गरिएको एप्समा लोकेसन पठाइदिने गुप्ताको भनाई छ ।
सरकारसँग काम गर्न इच्छुक

सवारी व्यवस्थापनमा सरकारसँग मिलेर काम गर्न इच्छुक रहेपनि सरकारले त्यति चासो नदिएको गुप्ताले गुनासो गरेका छन् । सरकारसँग मिलेर ट्रयाकमान्डू प्रोजेक्ट कार्यान्वयनमा ल्याउन सकेमा सवारी व्यवस्थापनमा प्रतिफल हात पर्ने विश्वास उनले व्यक्त गरे ।
काठमाडौं महानगरपाली, ललितपुर उप-महानगरपालीका, र भक्तपुर नगरपालीका भने उनीहरुको प्रोजेक्टप्रति सकरात्मक भएको गुप्ताले बताए । ‘प्रोजेक्ट ल्याएर देखाउनुस्, चित्त बुझेमा सहकार्य गर्न सकिन्छ भनेर तीनवटै नगरपालीकाले भनेका छन्’ उनले भने- ‘नगरपालीकाहरुसँग मिलेर काम गर्न सकिएमा पनि केही हदसम्म सफल भइन्छ ।’
सरकार भने सूचना प्रविधिप्रति उदासिन रहेको उनीहरुको आरोप छ । सरकारले सूचना प्रविधिमा सिन्डिकेट गर्न चाहाने आरोप लगाउँदै गुप्ताले सरकारको साथ पाएमा राजधानी लगायत सम्पूर्ण शहरहरुको सवारी व्यवस्थापन गर्न सकिने दाबी गरे । सरकारको सुचना प्रविधिप्रति स्पष्ट नीति र भिजन नभएको उनले आरोप छ ।

निजी क्षेत्र आकषिर्त

निजी क्षेत्रका सवारी सञ्चालकहरु आफुहरुसँग मिलेर काम गर्न इच्छुक रहेको ढकालले बताएका छन् । उनीहरुले पहिलो ताग्रेट साझा यातायातलाई बनाएका छन् । साझा यातायातपछि विस्तारै अन्य व्यवसायीहरुसँग कुरा गरेर यो प्रविधि जडान गरिने उनले बताए ।
अन्य व्यवसायीहरुले पनि यो प्रोजेक्टप्रति चासो देखाएको उनीहरुले बताए । यसले उनीहरुको व्यवसायमा समेत राम्रो प्रभाव पार्ने हुँदा सबै व्यवसायी सकरात्मक हुने रिमालको अपेक्षा समेत रहेको छ ।
पहिला राजधानीलाई केन्द्रीत गरेपनि विस्तारै देशका मूख्य मूख्य शहरहरुमा यो प्रविधि पुर्‍याउने लक्ष्य टिमले लिएको छ । उनीहरुले योरविट टेक्नोलोजी कम्पनी दर्ता गरेर काम सुरु गरेका हुन् ।

माइक्रोसफ्टको प्रशंसा

आफुहरुको प्रोजेक्टको सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्ट र  माइक्रोसफ्ट इनाेभेसन सेन्टर नेपालले खुलेर प्रशंसा गरेको गुप्ताले बताए । माइक्रोसफ्ट इनाेभेसन सेन्टर नेपालले याे सिष्टम बनाउन मद्दत समेत गरेकाे थियाे । माइक्रोसफ्ट र माइक्रोसफ्ट इनाेभेसन सेन्टर नेपालकाे स्पोन्सरमा उनीहरूले केही दिन अगाडी सिंगापुरमा भएको वर्ल्ड सिटी समिट २०१४ मा सहभागीता जनाएका थिए ।
साेही बेलामा ट्रयाकम्यान्डूलाई माइक्रोसफ्टका अधिकारीहरुले प्रशंसा गरेका हुन् । माइक्रोसफ्टले सरकारसँग मिलेर काम अगाडी बढाउ भनेर सुझाव दिएको भएपनि सरकार यसप्रति उदाशिन रहेको गुप्ताले गुनासो गरे ।
यो प्रोजेक्ट तिम्रो देशमा प्रयोगमा आउन सकेनौ भने माइक्रोसफ्टको लोगो राखेर अन्य देशमा लञ्च गरिदिन्छौं भनेर उनीहरुले आश्वासन समेत दिएको गुप्ताले सुनाए । आफुहरुले नेपाल सरकारसँग मिलेर काम गर्ने प्रस्ताव राख्दा वास्तै नगरेको भन्दै माइक्रोसफ्टका अधिकारीले गुनासो गरेको उनले बताए ।
onlinekhabar भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

0 comments

Write Down Your Responses

Powered by Blogger.