श्रीमतीलाई ५० हजारमा बेचेर श्रीमानले किने बाइक
(एजेन्सी)–श्रीमान् श्रीमतीको सम्बन्ध के हो ? एक अर्कालाई जन्म जन्मान्तरसम्म दुख–सुखमा साथ दिनु । तर यस्तो भाग्य सबैको नहुँदो रहेछ । अग्नीलाई साक्षी राखेर कसम खाँदै श्रीमती स्विकारेमा श्रीमानले आफूलाई कुनै दलालको हातमा सुम्पेला भन्ने कुन श्रीमतीको मनमा होला र ?
मध्ये प्रदेशको बैतुलका एक श्रीमानले आफ्नी श्रीमतीलाई ५० हजारमा बेचे र त्यो पैसाले आफ्नो लागि मोटरसाइकल किने । महिलाको डेढ वर्षको छोरापनि छ । पहिला महिलालाई उनका श्रीमानले बेचे र किनेको दलालले फेरि अर्को व्यक्तिलाई बेचे ।
महिलाको बुवाको उजुरीपछि पुलिसले गुना जिल्लाको चाचौडा गाऊँमा महिलालाई फेला पारेको छ । पुलिसले उनका श्रीमान, दलाल र महिला किन्ने आरोपीलाई पक्राउ गरेको छ ।
0 comments
Write Down Your Responses