नग्न फुटबलमा सुन्दरी निर्णायक
रियो द जेनेरियो– ब्राजिल फुटबल संस्कृति सयौं वर्ष पुरानो छ । आधुनिक फुटबलमा नसोचिएका नियमहरु सहितका फुटबल लिग यहाँ अझै विद्यमान छन् । तपाइँले फुटबल लिगको बारेमा कहिलै यसरी सोच्नु भएको छ ? जहाँ एक सुन्दरी स्ट्राइकरभन्दा बढी निर्णायक हुन्छिन् । लिगबाट बाहिरिएको टिमलाई समेत उनले विजयको उपाधि फर्काउन सक्छिन् ।
यो कुनै सिनेमको कथा हैन, ब्राजिलको अमेजन राज्यमा नग्न फुटबल नामको फुटबल लिगको खेलको नियम हो ।
ब्राजिली भाषामा यसलाई पेडालाओ भनिने यो फुटबल लिगमा एक हजारभन्दा बढीले भाग लिन्छन् । लिग करिब पाँच महिनासम्म चल्छ । पेडालाओको विशेषताअनुसार हरेक टोलीले आफ्नो साथमा सुन्दरी राख्नुपर्छ । सुन्दरीहरु म्याचका दौरान हुने सुन्दरी प्रतियोगितामा सामेल हुन्छन् । कुनै फुटबल टोली हारे पनि सो टोलीकी मोडलले सुन्दरी प्रतियोगिताको फाइनल राउन्ड जितिन् भने उनले टोलीको पराजय फर्काउन सक्छिन् ।
0 comments
Write Down Your Responses