श्रीमानको हत्या अभियोगमा महिला जेल चलान

श्रीमानको हत्या अभियोगमा महिला जेल चलान, बलात्कार गर्ने बालक सुधार गृहमा

लमजुङ, असार १७ – श्रीमानको हत्या अभियोगमा लमजुङकी एक महिलालाई जेल चलान गरिएको छ ।
गोरखाको छोप्राक गाविस ३ घर भई हाल बेसीशहर नगरपालिका ९ झिंगेखोला बस्दै आएकी २५ वर्षीया दिप्ती गुरुङ श्रीमानको हत्या अभियोगमा जेल चलान भएकी हुन् ।
जिल्ला अदालत लमजुङले अर्को फैसला नहुञ्जेल उनलाई कारागार पठाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । लमजुङको बाग्लुङपानी गाविस २ माइती भएकी दिप्तीले ४० वर्षका श्रीमान धनबहादुर बरामको हत्या गरेको प्रहरीको भनाइ छ । दिप्ती धनबहादुरकी कान्छी श्रीमती हुन् ।
दिप्तीले श्रीमान धनबहादुरको हत्या गरेको भन्दै उनकी जेठ िश्रीमती विष्णुकुमारीले उजुरी गरेकी थिइन् । दिप्तीले जेठ २२ गते श्रीमानको हत्या गरेको विष्णुकुमारीको भनाइ छ । प्रहरीले दिप्तीलाई २३ गते पक्राउ गरेको थियो । बेसीशहरको झिंगेखोलामा मासु पसल गर्दै आएका उनीहरुबीच पारिवारिक झगडा बढ्दै गएपछि घटना भएको छिमेकीले बताएका छन् ।
यसैबीच लमजुङ जिल्ला अदालतले बलात्कारका एक अभियुक्तलाई सुधार केन्द्रमा पठाएको छ । प्रचलित कानुन बमोजिम दोषी ठहर भएका नाबालकलाई सुधार केन्द्रमा पठाएको हो ।
१३ वर्षीय अभियुक्तलाई पोखरा सराङकोटमा रहेको बाल सुधार केन्द्रमा पठाएको प्रहरीले जनाएको छ । बेसीशहर नगरपालिका वडा नम्बर ७ का १३ बुद्ध धौलाकोटीलाई जिल्ला अदालतले एक महिनाका लागि सुधार केन्द्रमा पठाएको हो । उनले एक नाबालिकलाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । उनले हाडनाता पर्ने बहिनीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.