जुरेको ताल घटेपछि डुबानमा परेका भौतिक संरचनाहरु यस्तो देखिन थाले (फोटोफिचर)
२२ भदौ, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको माङखामा गत साउन १७ गते गएको भिषण पहिरोबाट सुनकोसी नदी थुनिएपछि बनेको ताल आइतबार बिहान फुटेपछि ताल घटेको छ ।
सिन्धुपाल्चोकको माङखामा गत साउन १७ गते गएको भिषण पहिरोबाट सुनकोसी नदी थुनिएपछि बनेको ताल आइतबार बिहान फुटेपछि ताल घटेको छ ।
नेपाली सेनाले बम र स्काभेटर समेत प्रयोग गरेर ताल फुटाउन प्रयास गरेपनि सम्भव नभएको ताल ३५ दिनपछि आफै फुटेको हो । ताल फुटेपछि पहिरो पन्छाउन प्रयोग गरिएको एउटा स्काभेटर र एउटा घर बगाएको छ ।
मानवीय क्षेती भने भएको छैन । तालको पानी घटेपछि डुवानमा परेका केही घरहरु तथा सानिमा हाइड्रो पावरको उत्पादन गृह देखिएको प्रहरीले जानकारी दिएको छ । गत साउन १७ गते माङखा जुरेमा गएको पहिरोमा परी १ सय ५७ जनाको मृत्यु भएको थियो ।
मृतकमध्ये ३३ जनाको शव भेटिए पनि अन्यको शब नभेटिएपछि प्रशासनले सबैलाई मृत घोषणा गरेको थियो ।
0 comments
Write Down Your Responses