जापानमा अब विदेशी कामदारले पनि स्थायी बसोबास गर्न पाउने

जापान सरकारले अब जापानको जुनसुकै कुनामा कम गर्दै आएका विदेशी कामदारहरुलाई स्थायी बसोबासको स्वीकृति दिने भएको छ । आप्रवासन नियन्त्रण तथा शरणार्थी समस्या सम्बन्धि नियम संसोधन गर्दै जापान सरकारले दक्ष बिदेशी कामदारहरुलाई निश्चित प्रक्रिया पुरा गरेमा जापानमा नै बसोबासको स्वीकृति दिने तयारी गरेको हो ।

स्थायी बसोबासको लागि अनुमति दिंदा आबेदकको वार्षीक आय, शैक्षिक पृष्ठभूमि लगायतलाई आधार मानिने यस प्रक्रियामा जापानको माथिल्लो सदनले नियम संशोधन गर्दै आईटी क्षेत्र, इन्जिनियर, अन्य कम्पनीका लगानी कर्ता, डाक्टर, प्राविधिक, वैज्ञानिक तथा शोधकर्तालाई यस्तो सुबिधा दिने नियम बनाएको हो ।

यस्तै जापानमा कम्तिमा लगातार १० वर्ष बसेको वा कागज, प्रक्रिया पुर्‍याएमा पाँच वर्ष लगातार बसोबास गरेको प्रमाणित भए श्रीमतीलाई समेत काम गर्ने अनुमति दिइने छ ।
 via - nepaljapan.com

,

0 comments

Write Down Your Responses

Powered by Blogger.