भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेप्टेम्वर २८ मा अमेरिकाको न्युयोर्कस्थित प्रसिद्ध स्क्वायर गार्डेनमा ऐतिहासिक भाषण दिने भएका छन् । २० हजार क्षमताको स्टेडियममा भाषण दिने उनी पहिलो विदेशी राष्ट्राध्यक्ष हुनेछन् । सो कार्यक्रममा भाग लिन अनलाइन आवेदनको व्यवस्था गरिएको छ । जसको आज अन्तिम दिन हो ।
सेप्टेम्वर २ मा शुरु भएको अनलाइन आवेदन दिनेलाई गोला प्रथाबाट छानिनेछ । ३० हजार भन्दा बढी आवेदन पर्ने अनुमान गरिएको छ ।
modi us
इन्डिया–अमेरिका कम्युनिटी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा विशेष पासको व्यवस्था गरिएको छ । दुई हजार पास चाहि सांसद र बुद्धिजीवी तथा व्यापारीका लागि दिइने भएको छ । कार्यक्रमका लागि ४ करोड खर्च हुने अनुमान छ ।
सो भाषणको प्रत्यक्ष प्रसारण थ्रीडी एनिमेसनमार्फत् गरिने भएको छ । नेपाल, जापान लगायत एसियाली देशमा पुगेर ओजपूर्ण अभिव्यक्ति दिएका मोदीले अमेरिकामा कस्तो धारणा सुनाउने हो प्रतिक्षाको बिषय बनेको छ ।
अमेरिकामा मोदीको भाषणको भव्य तयारी
Powered by Blogger.
0 comments
Write Down Your Responses