दुबै हात नभएका बालक जन्मिदाँ परिवारका बिचल्ली

संजय मिश्रा
रौतहट, असोज १४ – रौतहटजिल्ला स्थित एक विपन्न परिवारमा दुबै हात नभएको बालक जन्मिएपछी पालनपोषण गर्नमै पुरै परिवार बिचल्लीमा परेको छ । जिल्लाको नमुना गाविस कटहरिया ९ स्थित लालबाबु ठाकुर लोहारको दुबै हात नभएका बालक जन्मेपछी ठाकुर परिवार समस्यामा परेका हुन् । शिक्षा चेतनाको अभाव र आर्थिक विपन्नताका कारण नाबालकलाई के उपचार गर्ने कहाँ लैजाने भनि अन्यौलमा परेको हो ।
दुइ साताअघि २ गते बुवा लालबाबु ठाकुर आमा गिता देवीको चौथो सन्तानको रुपमा सामान्य तरिकाले घरमै जन्मेका नाबालकको शारिरिक अवस्था एकदमै राम्रो देखिन्छ । जन्मिदै करिब चारकिलो वजन रहेको नाबालकको शरिरको अन्य सबै अंगहरु एकदमै सामान्य भएपनी दुबैहात भने छैन । हातको पाखुराबाटै पाँच पाँचवटा औँला उमे्रको छ । झट्ट हेर्दा कृत्रिम हात जस्ता देखिन्छ । तर रिष्ट पुष्ट औँला हेर्दा भगवानले पाखुरा र औँला जोर्दा हातजोर्न बिस्रिएका त छैनन् । शरिरको सबै अंग राम्रो छ, सामान्य बालकसरह सबै कृयाकलाप सामान्य छ तर दुबैहात छैन, के गर्ने काहाँ लैजाने कस्तो उपचार गराउने कुनै जानकारी पनि छैन आर्थिक अवस्था पनी उपयुक्त छैन नाबालकका बाबु लालबाबु ठाकुर बताउँछन् । जन्मिँदा चार किलो वजन रहेको नाबालक सामान्य बालकसरह समयमा दुधखाने, सुत्ने र समय अनुसार दिनभरी खेलिरहने ठाकुर बताउँछन् । जन्मेको दुईसाता बित्न लाग्दा सम्म कुनै संघ–संस्था अथवा कुनै विशेषज्ञले बच्चाको उपचारबारे सल्लाह अथवा पहल नगरेको उनले गुनासो गरेका छन् । जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर राजकिशोर पंडितले शरिरको सबै अंगको विकास हुनु र हातमात्र नहनुमा कुनै विशेष कारण हुनसक्ने बताएका छन् । गर्भावस्थामा आमाद्वारा कुनै विशेष प्रकारको औषधीको प्रयोग पनी एउटा कारण हुनसक्ने उनले बताएका छन् । हुन त आजको युगमा अनौठो बच्चा जन्मिनु संसारको लागी नौलो खबर नभएको डाक्टर ठाकुरले बताएका छन् । गाउँ–ठाउँमा फर्निचर ज्यामीको काम गरि परिवार धान्दै आएका ठाकुर परिवारको लागी अपाङ्ग बच्चालाई पाल्नै धौ–धौ परेको बताउँछन् ।
via-ratopati


0 comments

Write Down Your Responses

Powered by Blogger.