डाइनासोर मारेको आरोपमा किशोर पक्राउ
डाइनासोर यस पृथ्वीबाट विलय भएको कयौँ वर्ष भइसकेको छ तर अमेरिकामा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । स्कूलमा पढ्ने एक १६ वर्षीय किशोरले डाइनासोर मारेको आरोपमा पुलिसले उनलाई पक्राउ गरेको छ ।
एलेक्स स्टोन, १६, का अनुसार गत अगस्ट १९ तारिखका दिन उनको स्कुल समरभिल हाई स्कुलले होमवर्कको रुपमा उनलाई रचनात्मक लेखाई अन्तर्गत काल्पनिक कथा लेखेर ल्याउनुपर्ने निर्देशन दिएको थियो । उनले उक्त काल्पनिक कथामा एकदिन बेलुका आफ्नो छिमेकीको घरमा भएको डाइनासोरलाई गोली हानेर हत्या गरेको उल्लेख गरेका थिए ।
डाइनासोर मार्न गोलीको प्रयोग गरेको भन्ने वाक्यले उनी अध्ययनरत विद्यालयलाई हल्लाइदियो । उनको होमवर्क चेक गर्ने शिक्षकले केहि सोच बिचार नै नगरी उनकी आमा र पुलिसलाई खबर गरे । पुलिसले पनि केहि बिचार नै नगरि स्टोनलाई सोधपुछको लागि भन्दै पुलिस स्टेसन लिएर गए ।
त्यहाँ उपस्थित उनकी आमाले निकै रिसाएर उनको छोराको वकालत गरिरहेकी थिइन् । उनले भनेकी थिइन्, ‘सयौँ वर्ष अगाडि लोप भइसकेको डाइनासोरलाई अहिले कसैले मार्न सक्छ त ? त्यसमाथि स्टोन बन्दुक बोक्ने उमेरको भइसकेको छैन ।’
यति सुनिसकेपछि पुलिसलाई आफूले गल्ती गरेको थाहा भएर उनले ती आमा–बुवालाई माफी माग्दै उनीहरुलाई आफ्नै गाडीमा घरसम्म पुर्याए । (एजेन्सी)
0 comments
Write Down Your Responses