नियम विपरित हिम्मतावली प्रर्दशन गरेका कारण चलचित्र निर्माता संघले रेखा थापालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
rekha-thapa
बिहान बसेको संघको आकस्मिक बैठकले रेखा थापाबाट संघको हित र नीति विपरित कार्य भएको ठहर गर्दै उक्त निर्णय भएको जानकारी प्रेस विज्ञप्ति मार्फत गराईएको हो । छवि राज ओझाबाट अलग्गिए पछि रेखा थापा गत वर्ष निर्माता संघको सदस्य बनेकी थिईन् । यो कारवाहीका कारण आगामी दिनमा संघको कुनै पनि गतिविधिमा रेखाको संग्लग्नता हुन पाउने छैन् ।
चलचित्र संघ र चलचित्र निर्मातासंघ बीच २०६० साल साउन २३ गते भएको १९ बुँदे सहमति अनुसार शुक्रबार वाहेक अन्य दिनमा स्वेदेशी नयाँ फिल्मको प्रर्दशन गर्न नपाईने ब्यवस्था तोडएपछि हिम्मतवालीको देशब्यापी प्रर्दशन हुँदा संघले रेखा माथि कारवाही गरको हो ।
यसैबीच,, हिम्मतवाली प्रदर्शनका लागि चलचित्र संघले १९ बुँदे सम्झौतालाई भंग गरेको ठहर गर्दै निर्माताससंघले चलचित्र संघ प्रति खेद समेत प्रकट गरेको छ ।
श्रोत–ः नमस्ते फिल्मी
रेखा थापालाइ झट्का ....चलचित्र निर्माता संघले रेखालाई निकाल्यो
Powered by Blogger.
0 comments
Write Down Your Responses