वीरगञ्जमा तनाव, दर्जनौं सेल अश्रुग्यास प्रहार

भाद्र १४, २०७२- मधेसमा जारी अनिश्चितकालीन हड्तालको १७ औं दिन सीमावर्ती सहर वीरगञ्ज तनावग्रस्त बनेको छ । सोमबार विहानैदेखि यहाँको नगवास्थित बाइपास रोडमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ । झडपमा ८ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गरेको छ । प्रहरीले प्रहार गरेको अश्रु ग्यास प्रदर्शनकारीले सुरक्षाकर्मीकै भीडमा फालिरहेका छन् । वीरगञ्ज भन्सार जोड्ने रोडमा प्रदर्शनकारीले ह्युम पाइप र ढुंगा राखेर अवरोध सृजना गरेका थिए । अवरोध हटाउने क्रममा प्रहरीलाई निशाना बनाएर आन्दोलनकारीले ढुंगा र पेट्रोल बम प्रहार गरेका छन् ।





आइतबार साँझ नगवा चोककै सडकमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाउने क्रममा दोहोरो झडप भएको थियो । झडपमा प्रहरीसहित एक दर्जन घाइते भएका थिए ।



राति सशस्त्र प्रहरीले नगवासीको घरमा पसेर कुटपिट गरेको भन्दैे सोमबार विहानै प्रहरीको विरोधमा प्रदर्शन भएको उनीहरु बताउँछन् । उक्त सडक खण्डलाई साँझ ८ बजेदेखि विहान ६ बजेसम्म निषेधित क्षेत्र घोषणा गर्दै प्रशासनले मालवाहक सवारी भन्सारबाट स्कर्टिङ गर्दै आएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.