मायामा एयरफोर्स अफिसर भए भिखारी !






एजेन्सी । जब मायामा धोका हुन्छ तब सहि मानिस पनि आफैमा हराउन थाल्छ र जान अनजानमा यस्तो काम गर्छ जुन उसले कहिले पनि सोचेको हुदैन । केहि यस्तै भारतको पठानकोटका एक एयरफोर्स अफ़िसर सँग भएको छ, जो केटिको मायामा भिखारी बनेका छन् ।

सिभिल अस्पताल पठानकोटमा त्यस समय अनौठो स्थिति उत्पन्न भयो जब एक पैदल व्यक्तिलाई शहरको मुख्य सब्जी वजारमा  कारले ठक्कर दियो । उनलाई तुरुन्तै सिभिल अस्पताल उपचारको लागि लगियो । हेर्दा भिखारीको रुपमा देखिने निज व्यक्तिको नाम पवन कुमार  पम्मा र उनि नेहरू नगर  निवासी रूपमा परिचित भए  ।



सिभिल अस्पतालमा आफ्नो खुट्टामा भएको फ्याक्चर उपचार गर्न पुगेका ति व्यक्तिलाई जब केहि मानिसहरुले भिखारी भने तब उनि भड्कदै उठे र आफ्नो काहानि सुनाउदै आफु एयरफोर्समा कार्यरत भएको बताए ।  साथै उनले आफु केटिको मायामा रहदा उक्त युवतीले छोडे पछि यो हालतमा पुगेको बताए । उनि मानसिक रूपमा चिन्तित देखिएका छन् ।  ति व्यक्तिको कुरा सुनेपछि  पठानकोटका स्थानियहरु उक्त केटिको खोजिमा लागेको भारतिय सञ्चारमाध्यमले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.