हिन्दूराष्ट्रको मुद्धा झनझन चर्कदै ‘कतै अनसन कतै प्रदर्शन’






१५ भदौ, काठमाडौ ।
संविधानमा नेपाललाई हिन्दूराष्ट्र उल्लेख गराउन र धर्मनिरपेक्षता खारेज गर्न हिन्दू युवाहरू आमरण अनसनमा बसेका छन् । सोमवारदेखि काठमाडौंको खुलामञ्चमा सो आमरण अनसन शुरु भएको छ । अनसन

बस्नेहरूमा खेमनाथ आचार्य, सागर कट्वाल, प्रेमनिधि भारद्वाज सहित चार जना युवा रहेका छन् । सो आमरण अनसनको एक कार्यक्रमबीच स्वामी पद्मधराचार्य, स्वामी भागवताचार्य लगायतका स्वामीहरूबाट समुद्घाटन भएको थियो । स्वामीहरूले अनसनकारी युवाहरूलाई सफलताको कामना गरी पुष्पमाला लगाएर सो अनसनको शुरुवात भएको थियो ।3 0

यसै गरी सोही दिन नेपाली काँग्रेसका बरिष्ट नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको नेतृत्त्वले हिन्दूराष्ट्रको माग गर्दै तीनकुनेदेखि संविधान सभाभवनसम्म जनप्रदर्शन गरेको छ । बाजा गाजा र नाराजुलुश सहित संविधानसभाभवन तर्फ आएको जुशलुसले निषेधित क्षेत्रको घेरा तोडेर अघि बढेको थियो । केही समय प्रहरी र आन्दोलनकारीको धकेलाधकेल परेको थियो । आन्दोलन माग पूरा नभएसम्म निरन्तर चल्ने नेता खुमबहादुर खड्काले न्यूज टिमलाई बताउनु भएको छ ।
संविधान घोषणा हुने दिन नजिकिँदै गर्दा हिन्दूराष्ट्रको पक्षमा उठेका आवाजहरू झनझन सशक्त हुँदै गएको देखिएको छ । संविधान जारी गर्ने दिन अन्तिम अन्तिम हुँदै गर्दा देशका विभिन्न स्थानहरूको अलवा काठमाडौंकै मुटूमा आमरण अनसन शुरु हुनु, नेपाली काँग्रेस र राप्रपा नेपालका प्रभावशाली नेताहरूले आन्दोलनलाई सशक्त गर्दै राजधानी केन्द्रित आन्दोलन चर्काउनु र धर्माचार्य गुरुहरूबाट पनि हिन्दूराष्ट्रका खातिर गरिएका कार्यक्रमलाई तिव्रता दिँदै जानुले हिन्दूराष्ट्रको मुद्धाको आन्दोलन अझै बलियो भएर जाने अनुमान गरिएको छ ।
यसै सन्दर्भमा न्यूजटिमसँग कुरा गर्दै विभिन्न धार्मिक संघसंस्थामा महासचिव तथा प्रवक्तालगायतका जिम्मेवारी वहन गरिसक्नु भएका दीपक सुवेदीले धार्मिक क्षेत्रले उठाएको माग कुनै विखण्डनकारी माग नभएको, यसले देशलाई र कुनै पनि नागरिकलाई अहित नगरेर हित नै गर्ने भएकोले यो मागलाई सम्बन्धित निकायले नसुनि सुखै छैन, भन्नु हुन्छ । यसै गरी संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक डा. मिठाराम विश्वकर्माले सनातन हिन्दूधर्मको बारेमा लाग्ने गरेको जातीय विभेद लगायतका सबै आरोपहरू झुटो सावित हुँदै गएको, झन झन हिन्दू धर्मको महत्त्व उजागर हुँदै गएको, यशुक्राइष्टले समेत हिन्दू र बुद्धधर्मकै साधना गरेर आत्मज्ञान प्राप्त गरेको पुष्टिहरू आइरहेको र सनातन हिन्दू धर्मको बारेमा विश्वको ध्यान केन्द्रित भइरहेको अवस्थामा विश्को एकमात्र हिन्दूराष्ट्रलाई कायम गरेर त्यसको माध्यमबाट राष्ट्रलाई हुनसक्ने फाईदाको बारेमा योजना तर्जुमा गर्नुको सट्टा धर्मनिरपेक्ष गरेर सबैभन्दा ठूलो पहिचान मेट्न दिन के नेपाली जनतालई बहुला कुकुरले टोकेको छ र ? प्रश्न गर्नु हुन्छ । कुनै पनि हालतमा जस्तै मुल्य चुकाउन परेपनि नेपाली जनताले आफ्नो धर्म तथा हिन्दूराष्ट्रको महान पहिचानलाई कायम गरेर छाड्ने डा. विश्वकर्माले बताउनु हुन्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.