बागलुङ टुक्राउने निर्णय नसच्याए नेताहरुलाई जलाउन पछि नपर्ने गलकोटे महिलाहरुको चेतावनी



गुमानसिह भण्डारी, गलकोट, १४ भाद्र
बाग्लुङ जिल्लालाई राज्य पुर्नसंरचनामा दुई खण्डमा बिभाजन गरिएपछि त्यहाका महिलाहरु पनि त्यसको बिरोधमा उत्रिएका छन् । उनिहरुले बिरोध प्रदर्शनका क्रममा भनेका छन्, शिर्ष नेताहरुको आज त पुत्ला मात्र जलाईयो यदि बागलुङ जिल्ला टुक्राउने निर्णय नसच्याय नेताहरुलाई जलाउन समेत पछि परिदैन् ।
बागलुङ जिल्लालाई दुई टुक्रा पार्नु लजास्पद कार्य भएको भन्दै महिलाहरु पनि पुरुषजस्तै एक भएर यस्तो कार्य

कदापि पुरा हुन नदिने गाबिस स्तरिय महिला सञ्जाल हरिचौरकी अध्यक्ष भगवती मल्लले बताईन् ।
बाग्लुङ जिल्ला टुक्रयाएको बिरोधमा आन्दोलित बनेका गलकोटबासीहरुले शवयात्रा सहित शिर्ष नेताहरुको गलकोटको हरिचौर बजारमा पुत्ला दहन गरेका छन । सयौको संख्यामा उपस्थित महिला तथा पुरुषहरुको सहभागीतामा शिर्ष नेताहरु शुशिल कोईराला, केपि ओलि, पुष्पकमल दाहाल प्रचन्ड लगायतका नेताहरुको सामुहिक शव यात्रा सहित हरिचौरको बिच बजारमा पुत्ला जलाईएको थियो ।
गाबिस स्तरिय महिला सञ्जाल हरिचौरको आयोजनामा बागलुङ जिल्लालाई प्रदेश नम्बर ४ मा समाबेश गर भन्ने बिषयक बिरोध सभा हरिचौरमा सम्पन्न भएको छ । नवौ दिनसम्म लगातार संद्यर्ष गरेर आन्दोलन गरे पनि राज्यले सम्बोधन गर्न नसकेको भन्दै कार्यक्रममा बोल्ने बक्ताहरुले बागलुङ बासीको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
निर्वाचन क्षेत्र हुदा गलकोट क्षेत्र एक हुनुपर्ने, प्रदेश बिभाजन हुदा बागलुङ जिल्ला प्रदेश नम्बर ४ मा समावेश गरिनुपर्नेमा बक्ताहरुले जोड् दिएका छन् । यसरी बोल्नेहरुमा नेपाली काग्रेसका नारायणधोज मल्ल, नेकपा एमालेका ओम सुनार, एकिकृत नेकपा माओबादीका सम्झना पाण्डे, राष्ट्रिय जनमोर्चाका टिकाराम कडेल, शिव उच्च माद्यामिक बिद्यालय काडेबास स्रोतकेन्द्रका स्रोतब्यक्ति दिनेश पन्त, नेपाल आदिबासी जनजाती हरिचौर गाउ सम्मन्वय परिषदका सचिव योगेश भण्डारी, अखिल नेपाल महिला संद्यकी जिल्ला सदस्य बिष्णु कडेल, गलकोट समाज गलकोटका अध्यक्ष हर्क बहादुर पाण्डे, युवाहरुको तर्फबाट सचिव शर्मा न्युरे, एकिकृत नेकपा माओबादीका ललित श्रीस, पृथ्वी उच्च माद्यामिक बिद्यालयका प्रध्यानाध्यापक बद्रि प्रसाद ढकाल, समाजसेवी यम श्रिस, दलित प्रतिनिधि खड्क बिक, महिला प्रतिनिधि बिष्णु खत्री लगायत रहेका थिए ।
गलकोटका बिभिन्न गाबिसमा आयोजना गरिने बिरोध सभामा पुरुष बराबर महिला पनि सहभागी हुदै आएका छन । कार्यक्रम गाबिस स्तरिय महिला सञ्जाल हरिचौरकी अध्यक्ष भगवती मल्लको अध्यक्षता, कमला ढकालको स्वागत मन्तब्य र सुनमाया ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।
setoparewa

,

0 comments

Write Down Your Responses

Powered by Blogger.