संबिधान लेखनमा एककदम पनि पछि नपरौ : प्रचण्ड



 संबिधान लेखनमा एककदम पनि पछि नपरौ : प्रचण्ड
काठमाडौँ, ९ भदौ / एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक संविधानसभाबाट संविधान जारी गर्ने महत्वपूर्ण, संवेदनशील र अन्तिम घडीमा रहेको बताउनुभएको छ । नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथि संविधानसभामा आज भएको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो–“यो

संविधानसभाबाट संविधान निर्माण गर्नुपर्छ भन्नेका लागि खुसी र गौरवको कुरा हो ।”
“संविधानसभाको बनोटबमोजिम हालको मस्यौदा तयार हुनुलाई ठूलो उपलब्धिका रुपमा मान्न सकिए पनि समावेशी र समानुपातिक प्रतिनिधित्वसहित आदिवासी, जनजाति लगायत पछि परेका समुदायको हकअधिकार सुनिश्चित गर्ने सम्बन्धमा भने केही धर्मराएको छ”– अध्यक्ष दाहालले भन्नुभयो ।
संविधान लेखन प्रक्रिया अन्तिम चरणमा रहेको बेला आफ्ना हकअधिकार स्थापित हँुदैन कि भन्ने असन्तुष्टि आएका आवाज उठ्नुलाई स्वभाविक हो भन्दै उहाँले सामन्तवादबाट पुँजीवादतर्फ जाने लोकतान्त्रिक विधिअनुरुप संविधानसभाबाट संविधान निर्माण हुन लागेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो–“सबैको भावनालाई सम्बोधन गर्ने ढङ्गबाट जुन किसिमले अघि जानुपर्दथ्यो, त्यो कहीँ कहीँ धर्मराएको छ, यद्यपि संविधानसभाको बनोटअनुरुप आउन सक्ने दस्तावेज भने यही नै हो ।”

,

0 comments

Write Down Your Responses

Powered by Blogger.