थारु उचाल्ने मधेशी नेता भन्छन्– हामी आशिर्वाद लिन भारत गएका हौं
काठमाडौ, १० भदौ ।
प्रस्तावित ७ प्रदेश र त्यसको सीमाकंनविरुद्ध आन्दोलनरत चार दलीय मधेसी मोर्चाका नेताले तराईमा भइरहेको आन्दोलनमा सहयोग गर्न भारत सरकारलाई आग्रह गरेका छन् ।
गत मंगलबार भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टीका लोकसभा सदस्य एवं पूर्व मुख्यमन्त्री जगदम्बिका पालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका हुन् ।
गत मंगलबार संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं सभासद अभिशेक प्रताप शाह, तमलोपा नेता बृजेशकुमार गुप्ता र सद्भावना नेता नरसिंह चौधरीले लोकसभा सदस्य पालमार्फत प्रधानमन्त्री मोदीलाई पठाएका हुन् ।
आफूहरुले आन्दोलन केका लागि र किन आवश्यक पर्यो भन्ने दस्तावेज नेता पालमार्फत मोदीलाई पठाएको संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिशेख प्रताप शाहले टेलिफोनमा बताए । ‘कांग्रेस, एमाले माओवादीका नेता आर्शिवादका लागि गएका थिए भने हामी पनि आर्शिवादकै लागि गएको हो, शाहले भारत जानुको उद्देश्य खुलाउँदै नागरिकन्युजसँग भने ।
‘हामीले आन्दोलन किन र के लागि भन्ने दस्तावेज उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई पठाएका छौं, उनले भने । आन्दोलनमा भारतबाट घुसपैठ भयो भन्ने गृहमन्त्री बामदेव गौतमको टिप्पणीप्रति साहले आक्रोश पोखे । बामदेव पागल होु, उनले भने ।
0 comments
Write Down Your Responses